बनेपा,घिस्रीदै मागेर खादै आएका आसाराम बास्कलाले व्हीलचियर पाएका छन ।
७ वर्ष अगाडी ट्याक्टर दुर्घटनामा खुट्टा काटिएका उनको दुई वर्ष अगाडीबाट अर्को खुट्टा पनि नचले पछि घिस्रीदै मागेर खान थालेका उनी बनेपा–६, बुडोल स्थित कोठामा सानो बच्चा र श्रीमती सहित बस्दै आएका छन । उनको त्यो अवस्थाबारे सामाजिक अभियन्ता सर्वश्री अधिकारीले थाहापाई सामाजिक सञ्जालबाट सहयोगको अपिल गरे संगै आसारामले व्हीलचियर पाएका हुन ।
बैसाकिको साहारामा पनि हिंड्न नसक्ने हुनु हुदो रहेछ, उहाँ दिनहुँ जसो यसै गरि हातमा चप्पल लगाएर हिडिरहेको सुजन भन्डारी भाईले देखे पछि । आर्थिक रुपमा कम्जोर भएकोले उहाँ रुदै व्हील चेयर भए राम्रो हुने थियो भनेपछि उनले सामाजिक सन्जालमा हाले र मलाई पनि म्यासेजरमा केहि गर्न सकिन्छ भने त्यो पछि मैले व्हीलचियरको ब्यवस्था गरिदिएको हो सामाजिक अभियन्ता दुर्गानाथ दाहालले बताए । उनीसंगै सर्वश्री अधिकारी र सागर दाहाल गएर आसारामलाई व्हीलचियर दिएका हुन । व्हीलचियर पाएपछि आसाराम भने असाध्यै खुशी भएका छन । –नव क्षितिज साप्ताहिकबाट







