बनेपा, भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले दुमो बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बनेपा–४, नाला, काभ्रेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २५ हजार ५ सय ५० सहयोग गरेको छ ।
प्राकृतिक विपद्का कारण नागरिकले भोग्नुपरेको पीडा र संकटप्रति संवेदनशील हुँदै सहकारीले मानवीय सेवाभाव तथा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरेको हो । राष्ट्रिय वाणिज्य बैंक, बनेपा शाखामार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरिएको बैंक भौचरमा उल्लेख छ । भौचरअनुसार मिति २०८२÷०५÷२९ गते उक्त रकम सहयोग गरिएको हो ।
भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग पु¥याउने उद्देश्यले संस्थाले आफ्नो तर्फबाट योगदान गरेको दुमो साकोसका अध्यक्ष जीवन मंग्रातीले जानकारी दिए । विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको बताउँदै अध्यक्ष मंग्रातीले मानवीय सेवाभाव र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर सहयोग गरिएको उल्लेख गरे ।
बाढीबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले गरिएको यस योगदानले विपद्मा परेका नागरिकको पीडामा केही भए पनि मलम लगाउने विश्वास संस्थाले लिएको छ । संस्थाले २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि पनि जिल्लाका विभिन्न गाउँ–बस्तीहरूमा पुनर्निर्माण तथा पुनःस्थापनाका क्षेत्रमा सहयोग पु¥याएको थियो । हालै भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग हो साथै संस्थाले बाढि बाट ज्यान गुमाउनु हुने सम्पूर्ण मृत आत्मा प्रती भाबपुर्ण श्रद्धाञ्जली र घाइतेहरुमा शिघ्र स्वास्थ लाभको कामना, बेपत्ता हुनुभएका हरुको शकुशल हुनुभएको होस भनी कामना व्यक्त गरेको अध्यक्ष जीवन मंग्रातीले जानकार गराए ।