भोली बिहान उदाउँदो सूर्य अर्थात दिनानाथलाई अघ्र्य दिँदै छठ पर्व समापन गरिदै छ । श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठ पर्व बिहान उदाउँदो सूर्यलाई गाईको दूध सहितको अघ्र्य दिएपछि पर्व सम्पन्न भएको मानिने छ ।
चार दिनसम्म अत्यन्त नियम निष्ठापूर्वक मनाइने छठपर्वको आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिइएको थियो भने भोली उदाउँदो सूर्यलाई अघ्र्य दिइएको हो । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने कामनासहित आदि देव सूर्यको उपासना गरी अत्यन्त श्रद्धापूर्वक छठ पर्वक मनाइन्छ । छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ ।
छठपर्वको पहिलो दिन ब्रतालुले नुहाएर अरबा अरबाईन भोजन गरेका थिए । दोस्रो दिन साँझ चाकुमल, दूध र सक्खर मिसाएर बनाइएको खीर प्रसादको रुपमा चढाउँदै ग्रहण गरेका थिए । तेस्रो दिन हिजोअस्ताउँदो सूर्यलाई पूजासमाग्रीसहित अघ्र्य दिएका थिए । चौथो दिन आज उदाउँदो सूर्यको अघ्र्य दिएपछि छठ पर्व विधिवत समापन भएको हो ।
छठपूजामा सूर्य भगवान र छठी मातालाई पूजापाठ र अघ्र्य दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा, भुसवा, किसानबाट उत्पादित अदुवा र बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानीसिंगडा, सुथनी, उखु, सुन्तला, स्याउ, सुन्तला लगायतका फलफूल पनि चढाइएको छ । छठ पर्वको व्रत बसे दुःख र दरिद्रताबाट मुक्ति पाइने र सन्तान सुख प्राप्त हुने धार्मिक जनविश्वास रहिआएको छ । विशेष नियम र निष्ठासाथ मनाइने छठ पर्वका लागि नदी, पोखरी, कुवा, ईनार तथा जलाशयहरु सिंगारिएको थियो। कात्तिक शुक्ल षष्ठी र सप्तमीका दिन सूर्यलाई विशेष विधिपूर्वक अघ्र्य दिएर छठ पर्व मनाइन्छ । साझा पर्वका रुपमा रहेको छठको चौथो तथा अन्तिम दिन सोमवार बिहान व्रतालुहरुले उदाउँदो सूर्यलाई अध्र्य दिएर समापन गरेका हुन ।
हिन्दू धर्म संस्कृतिअनुसार अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइने गरिएको छ । आईतवार गरेकै विधि सोमवार विहान उदाउँदो सूर्यलाई अर्घ दिइ समापन गरिएको हो । बिशेष पुजाको अवसरमा उनीहरुले सुर्य र छठी माताको आराधना समेत गरेका थिए। छठमा उपबास बसी पुजाआजा गर्नाले पारिपार सुख संबृद्धिका साथै सन्तान प्राप्ती र रोग ब्याधी समेत निको हुने श्रद्धालु भक्तजनहरुको बिश्वास छ । तराईको हिन्दू धर्मावलम्बीहरुबीच अत्यन्त लोकप्रिय रहेको छठपर्वलाई धार्मिक आस्था र सामाजिक सद्भावको प्रतिकको रुपमा मानिएको छ । पुर्वी तराईमा मात्र मनाइने छठपर्व पछिल्लो समय अवध, भोजपुरा, पडाडमा समेत बिस्तार हुदै गएको छ । यहि कारण नेपाल सरकारले छठ पर्वको लागि कात्तिक ३० गते सोमबारलाई पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै छठ पर्वको अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने जानकारी गराएको हो । मन्त्रालयका अनुसार २०८३ कात्तिक २९ गते आइतबार छठ पर्वका अवसरमा यसअघि नै सार्वजनिक बिदा दिइएको थियो । छठ पर्वमा अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिई त्यसको भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएर व्रत समापन गर्ने धार्मिक परम्परा रहेकाले कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।








