काभ्रे, अखिल महिला सघं काभ्रेको सातौ जिल्ला सम्मेलन बाट पबित्रा भुर्तेलको अध्यक्षतामा नयाँ नेतृत्व निर्विरोध निर्वाचित भएको छ । शनिबार अखिल नेपाल महिला सघंकी केन्द्रिय अध्यक्ष टुकाभद्र हमालको प्रमुख आथित्यता र जिल्ला अध्यक्ष बिमला सापकोटाको अध्यक्षतामा सातौ जिल्ला सम्मेलन भएको थियो ।
जसको उपाध्यक्षमा मुना कर्माचार्य र लक्ष्मि मिजार, सचिवमा तुलसी पौडेल, सह–सचिवमा शान्ती दंगाल र कोषाध्यक्षमा बबिता बोहोरा लगाएतका रहेका छन । कार्यक्रममा बोल्दै केन्द्रिय अध्यक्ष टुकाभद्र हमालले महिला आन्दोलनको अगुवाइ गर्दै महिला अधिकारको संरक्षण, लैंगिक समानता, र राष्ट्रको अग्रगमनका लागि सघंले आवाज उठाउदै आएको बताईन् । नेकपा एमालले महिलाहरुलाई ३३ प्रतिशत अधिकार दिलाएको र अव ५० प्रतिशत अधिकार दिलाउन लाग्ने वताईन । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा काभ्रे ईन्चार्ज अशोक ब्यान्जु, सविंधान सभा सदस्य शिला कतिला, नेकपा एमाले जिल्ला अध्यक्ष राजन भुर्तेल, अनेमसघं काभ्रे ईन्चार्ज कमला काफ्ले लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।