बनेपा, प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारणसभा शनिबार बनेपामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष फिरोज शाक्यको अध्यक्षतामा सम्पन्न सभामा संस्थाका पदाधिकारी, शेयर सदस्य, सञ्चारकर्मी तथा सहकारीप्रेमीहरूको उपस्थिति रहेको थिया ।
सभामा संस्थाका अध्यक्ष फिरोज शाक्यले संस्थाको स्थापना भएदेखि नै सदस्यहरूको आर्थिक तथा सामाजिक विकासमा योगदान पु¥याउँदै आएको बताउनुभयो । उहाँले संस्थाले सदस्यहरूको हितलाई केन्द्रमा राखेर विभिन्न गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो । संस्थाका प्रमुख सल्लाहकार सागरनाथ कपालीले जिल्लाको समग्र सहकारी अवस्थाबारे धारणा राख्दै र सरकारले जारी गरेका नयाँ नीति, नियम तथा निर्देशिकाबारे चर्चा गर्दै सहकारी क्षेत्रमा देखिएका समस्या र चुनौतीप्रति ध्यानाकर्षण गराउनुभयो ।
पत्रकार महासंघ काभ्रेका कोषाध्यक्ष केशवराज पौडेललगायतले बोलेको सभाका अवसरमा शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थी तथा उत्कृष्ट बचतकर्ता र असल ऋणी सदस्यहरूलाई सम्मान गरिएको थियो। २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गर्ने संगम तौजले, ऋतिका मानन्धर र मिलन थापालाई सम्मान गरिएको थियो । त्यसैगरी, उत्कृष्ट बचतकर्तातर्फ महिलाबाट अनिता श्रेष्ठ र पुरुषबाट निर्मल बैदार सम्मानित भएका थिए । असल ऋणीतर्फ महिलाबाट सरस्वती खड्का थापा र पुरुषबाट अनिल मुस्याजु सम्मानित भएका थिए । सहकारीले सदस्यहरूको आर्थिक उन्नति, बचत गर्ने बानीको विकास, जिम्मेवार ऋण परिचालन तथा सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आफ्नो गतिविधि अगाडि बढाउँदै आएको जनाएको छ ।
सभामा कोषाध्यक्ष धनबहादुर कर्माचार्यले आ.व ०८२÷ ०८३ को आर्थिक प्रतिवेदन, सचिव बलराम मानन्धरले प्रगति प्रतिवेदन र लेखा संयोजक पुर्णिमा प्रधानाङ्ग श्रेष्ठले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । ७९० जना शेयर सदस्यबाट २ करोड ७३ लाख ९७ हजार बचत निक्षेप, २ करोड २६ लाख ६३ हजार ९३१ ऋण लगानी गरेको छ । कार्यक्रममा संस्थाका उपाध्यक्ष प्रदीप प्रधानले स्वागत मन्तव्य राख्नुभएको थियो ।








