चर्चित देउडा गायिका निरुता खत्रीको नयाँ देउडा गीत का हाँलु मायाको मुद्दा सार्वजनिक भएको छोटो समयमै चर्चामा रहेको छ । मौलिक देउडा भाका र प्रेमभाव समेटिएको गीत भएकै कारण शुक्रबार मात्रै दर्शकमाझ आएको गीत चर्चामा रहेको हो ।
निरुता खत्री र भुवन दाहालको स्वर रहेको गीतमा निरुता खत्रीकै लय तथा सुशिल बोहराको शब्द रहेको छ । गीतको एरेन्ज कृष्ण बाजुरालीले गरेका हुन । भीम थापाको भिडियो निर्माणमा तयार भएको गीतको निर्देशन निम थापाले गरेका छन भने अमृत उपाध्यायको छायांकन रहेको छ । भिडियोमा वीर बोहरा, मनीषा रावल, नरबहादुर चौहान, केशव पन्तलगायत कलाकारहरूको अभिनय रहेको छ । स्थानीय कला, संस्कृति र देउडा संगीतको मौलिकतालाई प्रस्तुत गर्ने उद्देश्यसहित तयार गरिएको भिडियो ४के गुणस्तरमा निर्माण गरिएको छ । भिडियोको मेकअप मेनुका साउँदले गरेकी छन् भने दृश्य निर्माण खप्तड फिल्म्सले गरेको छ । गीत निरुता खत्री अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ ।