दीपालाई पढेँ मैले छिट्टै निद्रा खुलेपछि ।
भन्ने भो मनमा केही कल्पनामा डुलेपछि ।।
छोरी गुरुङकी भन्दै भूमिका बाँध्न थाल्दछ्यौ ।
छन्दका भावमा बग्दै अन्यलाई पगाल्दछ्यौ ।।

हिजोमात्र माघ १७ मा विमोचन भएका टुक्का साहित्यका पुस्तकहरू मध्ये कुनै एक पुस्तक कस्तो रहेछ हेरौँ न त सर्जकका भन्ने लाग्यो र शुरुमै मेरो हातमा आयो कल्पनाका छालहरू । सोचें उहालाई नै पढौँ न त मेरो खास व्यक्तिगत चिनारी भएको पनि थिएन । टुक्का साहित्यका प्रवर्तक ताराप्रसाद चापागाईं वैदेशिक रोजगारमा रहेकाले काठमाण्डौमै रहेको नाताले र टुक्का साहित्य समाजको महासचिवको हैसियतले माघ २५ को गहन जिम्मेवारी मेरो काँधमा रहेकै समयमा उहाँले मलाई कतैबाट खोजेर फोन सम्पर्क गरेपछि मैले थाह पाएँ हामीले विमोचन गर्न लागेका मेरा सहित सिर्जना मध्ये उहाँ को पनि रहेछ कल्पनाका छालहरू । जब मैले कल्पनाका छालहरू भित्रका शुरुकै उछालहरू पल्टाएँ त्यहाँ लेखिएको रहेछ छन्द शिल्प र यसमा लेखिएका धेरै छन्दहरू र केही स्वतन्त्र छन्दका दुई हरफका छन्द टुक्का साहित्यकोचर्चा विभिन्न वरिष्ठ व्यक्तित्वका भनाई सन्देश अनि सर्जक स्वयंको स्वीकारोक्ति छन्द टुक्का अभ्यासशालाबाट छन्दमा सिकेर लेख्न थालेको कुरा । सोचेँ अझैपनि सिकारू सर्जकले खासै छन्द शिल्प र विम्व टिप्न के गर्नु भो । शङ्का मानी मानी पुस्तकको मूख्य भागको दैलो उघारेँ । दैलोमै रहेछ ।
नेपाली सबका उदार दिलमा साहित्यको बेसरी ।
आमाको गुणको बखान म गरूँ सौन्दर्य शोभा छरी ।।

मेरो ह्रदयमा यसले नै झंकार ल्यायो के साँच्चै नेपालीमा उदार दिलको आत्मसात गर्न सक्ने खुशी छ ? छ स्रष्टाले भनेजस्तै हामी उदार छौँ हामीमा भाइचारा राम्रो छ हामी सबै समुदायमा राम्रोसंग मिलेर पनि बस्न सक्छौं हिमालदेखि मधेससम्मका र पूर्व मेचीदेखि महाकालीसम्म मात्र कहाँ हो र हामी त विश्वभर नै फैलिँदै छौं र हाम्रो अपनत्व गजबको छ । यही टुक्का साहित्यमा हेरे मात्र पनि देखिँदैछ नेपालका हजारौं साहित्य सिक्न चाहने यहीँ छौँ साहित्यमा आफूलाई निखार्न चाहने यहीँ छौँ र छन्दमा समेत वरिष्ठ देखि कनिष्ठ सम्मलाई प्रशिक्षण दिने यहीँ छौँ ।
फेरि आमाको गुणको बखान म गरूँ भनेर के सर्जकले नेापल आमाको गुणको चर्चा गर्न खोज्नु भएको हो वा आफ्नी जन्म दायिनी माताको ? दुवै भावार्थ बोकेको सौन्दर्य शोभा छर्ने सशक्त टुकाबाट प्रवेश पाउँदा मेरो मनले पुनः एक पटक दीपा प्रति सम्मान जागेर आयो धन्य दीपा तिम्रो लेखन शैली ।

मैले सोचेको भ्रमको जालो त्यति बेला चकनाचुर भयो जति बेला थुपै छन्दमा अत्यन्त मिठास भरेर विविध विषयमा उत्कृष्ट टुक्काहरू पस्किएको रहेछ ।
केही विषयसंग सम्बन्धित टुक्काहरूका उदाहरण पेश गर्न चाहन्छु ।
हरे कस्तो होला मनुज जनको जीवन विधि ।
झुठो मायामै नै अलमल छ यो मानव निधि । । जीवन जगत् दर्शनको उच्च भाव शिखरिणीमा।

म देश भन्छु देश नै छ वक्षमा छिपेसरि ।
जपेर नाम देशको बसूँ सधैँ सधैँभरि ।। गहन राष्ट्रप्रेम अनुष्टुपमा ।

मलजल गरिकन जखम पनि भरौँ ।
उठबस अलिकति चटक पनि गरौँ ।। जीवन बाच्नका लागि पीडा भुलाउने उपदश छन्द शशिकलामा ।

मेरा प्यारा छोराछोरी आँखाका साना नानी ।
बिर्स्यौ होला क्यारे आफू जन्मेको पानी ।। ममता भावमै विदेशीएका नेपाली सन्ततिलाई झस्काउने व्यङ्ग्य लीलाखेलमा ।

हे नाथ बास गर है करुणा भरेर ।
जोडेर भक्ति अनि त्यो करुणा छरेर ।। ईश्वर भक्तिको अनुपम नमूना वसन्ततिलकामा ।

अधर छ अति नै चञ्चले जादु भर्ने ।
गतिविधि छ झनै लोकले याद गर्ने ।। आफ्नो प्रिय र सज्जन मानिसप्रतिको आत्मीयता नान्दीमुखीमा ।

संसार लोक आफ्नै मानेर प्रीत लाऊँ।
निष्काम कर्म गर्दै हाँसेर मर्न पाऊँ ।। उत्कट अभिलाषा र सत्कर्म भाव छन्द दिक्पालमा ।

थाङ्ने भो देश माग्ने भो सड्यो बुद्धि हाम्रो ।
कल्ले हो खै सपार्ने यो गरि काम राम्रो ।। देश बिग्रेकोमा चिन्ता छन्दः उग्रवासन्तीमा

मनमा छ संस्मरण ती दिन जैले ।
शठ भै गरेछु पशुको बध मैले ।। जीवहत्या हुन गएकोमा पछुतो छन्द कलहंश ।

नशामा रमेको चढेको छ लाली ।
ममा रङ्ग भर्ने छ को आज माली ।। बैँसको बेला उपयुक्त दम्पतिको खोजी भुजङ्गप्रयात ।।

शब्द नै हो शक्तिशाली कविको धन ।
ब्रह्माण्ड नै फेरो लाउँछ कविको मन ।। सर्जकको परिधिको वास्तविक चित्रण १३ अक्षरको स्वतन्त्र टुक्का ।

जे होस् कवि तथा टुक्काकार दीपालाई यति पढेपछि मैले सानो सुझाव चढाएँ छन्दका लागि कल्लेको ठाउँमा कस्ले ( कसले कि कल्ले हुन्छ ) जस्ता केही त्रुटीहरू र कुनै कुनै ठाउँमा छन्दोभङ्ग वा अक्षर तलमाथि भएको छाप्ने समयमा हेर्न सकेको भए उहाँ को कृति अजर बन्ने थियो ।
दीपाको सिर्जना अझै निखारिऊन् र उहाँको साहित्य कर्मले शिखर चुमोस् हार्दिक शुभकामना ।

चूडा निर्भीक, सिम्पानी गोरखा ।हालःकाठमाडौ

दीपाको कल्पनाका छालहरु नियाल्दा-चुडा निर्भिक

चूडा निर्भीक, सिम्पानी गोरखा ।हालःकाठमाडौ ।