श्री देवी माध्यमिक विद्यालय रोशी गा.पा.-३, शिखर आम्बोटे, काभ्रेपलाञ्चोकको छात्रवृत्ति वितरण तथा शुभ-कामना आदान प्रदान एवं ६ कोठे विद्यालय भवन समुद्घाटन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

विब्यस अध्यक्ष टुल्कु लामाको अध्यक्षता र बागमती प्रदेशका मन्त्री ज्ञानबहादुर तामाङको प्रमुखआतिथ्यतामा भएको कार्यक्रममा बोल्दै मन्त्री तामाङले बिधालयको बाकि भौतिक निर्माण सम्पन्न गर्न सहयोग गर्ने बताए ।
एमाले नेताहरु अमित लामाले विद्यार्थीहरुलाई न्यानो कपडा उपलब्ध गराउने बताएको कार्यक्रममा एमाले नेता इन्द्र तामाङ, रोशी-३, का वडाअध्यक्ष धनजित लामालगायतले बोलेको कार्यक्रममा बिधालयका प्रधानाध्यापक केशव थापा बिधालयका गतिविधिका बारेमा बोलेको कार्यक्रममा सञ्चालन शिक्षक केशव कार्कीले र स्वागत श्यामसुन्दर कार्कीले गरेका थिए ।

विद्यालयको ६ कोठे नवनिर्मित भवन जिल्ला विकास समिति काभ्रेपलाञ्चोक, जिल्ला शिक्षा कार्यालय काभ्रे, स्याउरी पाँगु समाज कल्याण संस्था, नेशनल केयर फाउन्डेसन नेपाल र रोशी गाउँपालिका वडा नं. ३ को गरी ४४ लाख १४ हजार ५ सयको लागतमा तयार भएको हो ।