विजया दशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा नेकपा एमाले बनेपा नगर कमिटीद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरिएको छ ।
बनेपा नगर कमिटी अध्यक्ष नवराज मानन्धरका अनुसार विजया दशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको सुखद उपलक्ष्यमा पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा नगरवासीहरूबीच आपसी भाइचारा र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गर्न लागिएको हो। कार्यक्रम २०८३ साल असोज २५ गते आइतबारका दिन दिउँसो १ बजे बनेपास्थित पञ्चकन्या ब्याङ्क्वेटमा सञ्चालन हुनेछ।









