नेपाली संगीत क्षेत्रमा नयाँ गीत सार्वजनिक भएको छ। गायक विशाल निरौला र गायिका रोजिना बस्नेतको स्वरमा तयार भएको नयाँ गीतमा अलोन रेशमको शब्द रहेको छ । गीतमा संगीत तथा एरेन्जमेन्टसमेत विशाल निरौलाले गरेका छन्।
गीतको रेकर्डिङ रञ्जन राईले गरेका हुन् भने अडियो तथा भिडियोतर्फ NewShan Shrestha Officialको सहकार्य रहेको छ। गीतको भिडियोमा न्युशन श्रेष्ठ, चाँदनी खत्री, मिलन खड्का, आशिष ढकाल, सीमा घिमिरे, सुनबहादुर तामाङ र अब्राम राईको अभिनय रहेको छ। भिडियोको निर्देशन तथा कन्सेप्ट अलोन रेशमले गरेका हुन्। भिडियोको छायांकन बिशा लामाले गरेका छन् भने सहायक सम्पादन दीपक देउवाले गरेका छन्। भिडियोको सम्पादन तथा कलरिङ मिन रावलले गरेका हुन्।
गीतको भिडियोमा कलाकारहरूको अभिनयमार्फत कथात्मक प्रस्तुति दिन खोजिएको निर्माण पक्षले जनाएको छ। मौलिक शब्द, संगीत र आकर्षक दृश्य संयोजनमार्फत दर्शक तथा श्रोतामाझ नयाँ स्वाद प्रस्तुत गर्ने लक्ष्य राखिएको छ। गीतमा स्वर, शब्द, संगीत र भिडियो निर्माणमा अनुभवी तथा नयाँ पुस्ताका कलाकारको संयोजन गरिएको छ। निर्माण पक्षले गीतलाई दर्शक तथा श्रोताले मन पराउने विश्वास व्यक्त गरेको छ। गीत तथा भिडियो NewShan Shrestha Official मार्फत सार्वजनिक गरिएको छ।