जमुना देबि गौतम/ बनेपा

‘आमा’ यत्ति उच्चारण गरेपछि तपाईंले के सम्झनु हुन्छ । पक्कै पनि आमा, माया, ममताकी खानी र सन्तानका लागि एक आदर्श हुन् ।

सन्तानलाई जन्म दिनका लागि भोग्ने कष्टदेखि पालनपोषण र उज्जवल भविष्य निर्माणका लागि आमाले खेल्ने भूमिका प्रशंसा गरेरै सकिन्न ।

त्यसैले त विभिन्न विद्धानहरुले आमाको महिनामालाई बेग्लाबेग्लै रुपमा प्रस्तुत गरेका छन् । तपाईंलाई केही दार्शनिक तथा विद्धानले आमाको परिभाषा गरी गरेका छन् भन्ने जानकारी गराउँछौं ।

भगवानले सबै तिर हेर्न सक्दैनन् त्यसैले उनले तपाईंकालागि आमा बनाए । –रूडयार्ड किप्लिङ ।

म अहिले जो छु, अब जे बन्ने आशा राख्दैछु, त्यसको श्रेय आमालाई जान्छ । –अब्राहम लिंकन ।

ममतामयी आमा साथमा हुने मान्छे कहिल्यै पनि गरिब हुँदैन । –अब्राहम लिंकन ।