
बनेपा,बनेपाबाट काठमान्डौ टिकाथली छिर्नलाई टिपर चालकले प्रहरीलाई घुस दिन खोज्दा चालक प्रहरी नियन्त्रणमा परेका छन ।
भकुण्डेवेशीवाट गिटी बोकेर आएको बा ५ ख ८७९४ नंम्बरको टिपरसँग आवश्यक कागजपत्र नभएपछि प्रहरीचौकी सागाँमा कार्यरत प्रहरी हबलदार दिपेन्द्र कार्कीले कागजपत्र मागेका थिए । रामेछाप जिल्लाको खाडादेवी गाउँपालिका–९ का टिपर चालक सरोज तामाङले कागजपत्रको सट्टा एक सय थमाएपछि हबलदार कार्कीले तत्कालै प्रहरी सहायक निरीक्षक हरिशरण बस्नेतलाई जाहेरी गरेको र प्रहरी सहायक निरीक्षक बस्नेत आउने वितिक्कै चालक सरोज तामाङले पाँच सय निकालेर दिएपछि प्रहरीले तत्कालै तामाङलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिए ।
उनका अनुसार टिपर र टिपर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुशन्धान भई रहेको छ । –नव क्षितिज साप्ताहिकबाट







