बनेपा – काभ्रेपलान्चोक जिल्ला कोशिपारी चौरी देउरालीगाउँ पालिका ५ तुसारेमा मा जन्मिएर हाल काठमाडौं बालाजु बस्दै आउनु भएको कुशल मोडल निर्देशक सबिन गौतमले सबै नारीहरु लाई नारी दिवस मनाउन अनुरोध गर्नु भएको छ ।
अन्तरास्ट्रिय नारी दिवशलाई महिला स्वतन्त्रताको दिवशको रुप मा मनाउन महिलाहरु लाई यहीँ अन्लाइन न्युज मार्फत सक्रिय हुन अनुरोध गर्नु भएको छ । सुन्दै छु एकल महिलाहरुको संस्थाले पनि यो नारी दिवस अभियान लाई अगाडि बढाएको छ । नारी दिवसको दिन एकल महिलाले पनि हक अधिकारको लागि लड्ने दिन हो भन्ने सन्देश दिन चहान्छु गौतमले भने ।
दिवस मनाउन सबै दिदी बैनीहरुको साथ र सहयोग पाहिने विश्वास छ र निर्मला जस्ता छोरी चेलीको अस्मिता लुट्न सहज्ता पुर्वक सजिलो हुने छैन ।
नारी दिवश लाई जिल्लाका कृयासिल महिला संगठनहरुले पनि विभिन्न कार्यक्रमहरु गरेर मनाउने योजना बनाएको पाहिन्छ । महिला बिकाश कार्यलय , पेसागत संगठन समेतले गर्ने कार्यक्रमले महिला अधिकारको संरक्षणमा सहयोग पुग्ने कलाकार मोडल तथा निर्देशक सबिन गौतमले बताउनु भयो ।
एकल महिलाहरुको संगठनले भने यस पटक पनि महिला हक हितको लागि ब्यानर समेत टाँगेर १०८ औं नारी दिवशको शुभकामना दिने निर्णय गरेको गौतमले बताए ।







