काभ्रेपलान्चोक – बनेपा निर्मला पन्तका बलात्कारी हत्यारालाई कार्वाहीको माग गर्दै एक युवतीले कपाल मुण्डन गरेकी छन् ।
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका बलात्कारी हत्यारा सार्वजनिक नहुँदा देशमा दण्डहिनता बढेको भन्दै काठमाडौंको सितापाइलाकी सरिता खड्काले कपाल मुण्डन गरेकी हुन् ।
पछिल्लो समय न्यायको लागि धेरै युवतीहरुले आफ्नो आवाज उठाउदै कपाल मुण्डन गरेर सरकार लाई दबाब दिदै आएका छन ।







