१० , फागुन / बनेपा – काभ्रे गौतम समाज काभ्रेको आयोजनामा सामुहिक कुलपुजा हुने भएको छ ।

चौरिदेउराली ६ काभ्रेका सबै गौतम बन्धुहरु छुट्टीएर देश तथा बिदेश जानू भएको छ जो जहाँ भए पनि सबै लाई एक मुस्ट गराउने र सबै पुख्र्यौली (सन्तु उपाध्याय)  का सन्ततिहरु लाई समेटेर कुलपुजा गर्न लागिएको गौतम समाज काभ्रेका अध्यक्ष माधव गौतमले जानकारी दिनु भयो ।

चौरिदेउराली ६ काभ्रेका गौतम बन्धुहरुको सामुहिक कुलपुजा यहीँ आउदो फागुन १६ गते शुक्रबारका दिन हुन लागेको गौतम समाजका महासचिव गोकुल गौतमले जानकारी दिनु भयो साथै गौतम समाजको कुलपुजा भने सिम्पानी चौर ज्यामिरेमा ६ मा हुने भएको छ ।

सन्तु उपाध्यायका सन्ततिहरु सम्पुर्ण छुट्टीएका बसेका पुख्र्यौली गौतम बन्धुहरुलाई एकमुस्ट कुलपुजा गराउने उद्देश्यका साथमा गौतम समाज काभ्रेले कुलपुजाको आयोजना गर्न लागेको बताइएको छ ।