
नेपाल रेडक्रस सोसाइटी धादिङको २०७६ फागुन ९ गते हुने निर्वाचनमा जिल्ला प्रशासन कार्यालय धादिङ स्वयम निर्वाचन अधिकारी भएर निर्वाचन गर्ने गराउने कार्य भएमा तहगत समन्वय नभएको, नविरकरण नभएको अबैधानिक सँस्थाको निर्वाचन गर्ने सवाल नजिर बन्नसक्ने भएकोले भन्ने उजुरी पश्चात जिल्ला प्रशासन कार्यालय धादिङले बिहिबार आफैले साधारण सभा तथा निर्वाचन सबै कार्य राकेको छ ।
रेडक्रस आजिबन सदस्य कमलरमण घिमिरेले लिखित उजुरी पश्चात मात्र साधारण सभा र निर्वाचन रोकेको हो । निबेदन गृह सचिव, सभापति, महिला तथा सामाजिक समिति प्रतिनिधि सभालाई समेत बोधार्थ दिईएको छ ।
हिजो मात्र राज्य व्यबस्था समितिले रेडक्रसमा भएको अनिमियतता, भष्टचारका बारेमा तत्काल कुन कानून र निकायले कारर्वाही गर्न मिल्ने हो कानूनी परामर्शलिएर कारवाही गर्नु भनी गृह मन्त्री, गृह सचिव र प्रमुख जिल्ला अधिकारी काठमाण्डौलाई निर्देशन दिएको छ ।
उजुरीमा आन्तरिक राजश्व कार्यालय कालिमाटीले जिल्ला शाखा, प्रदेश, उपशाखाहरु र केन्द्रीय कार्यालयको समेत लेखा परिक्षण प्रतिबेदन पेश गर्न पत्रचार गरेको, काठमाण्डौ महानगरपालि वडानं. १३ ले रेडक्रसले काठमाण्डौ मोडल हस्पिटल बसेको भवन लगाएत केन्द्रीय कार्यालय कालिमाटीमा बनेको भवनहरुको नक्सा पास नगरेको, देशभर रेडक्रसको घर जग्गाकर भाडामा लगाएको तर घर बहाल सरकारलाई नतिरेको, सवारी साधनहरुको वडामा कर नतिरेकोले, यातायात व्यबस्था विभाग साना ठुला यातायात व्यबस्था कार्यालय ललितपुर महानगरपालिका एकान्तकुना, ललितपुरले सवारी दर्ता प्रमाण पत्र नविकरण गर्न आउनु पत्रचार गरेको विविध विषयहरुमा ताकेता गरिरहेको अबस्थामा कसरी प्रशासन आफै रेडक्रसको निर्वाचन अधिकारी हुनसक्छ भनेर प्रतिप्रश्न समेत गरिएको छ ।
विश्वभर १९१ देशहरुमा रेडक्रसका राष्ट्रिय सोसाइटीहरु सात आधारभूत सिद्धान्तहरु मानवता, निष्पक्षता, तटस्थता, स्वाधिनता, स्वयम् सेवा, एकता र विश्वव्यापकतालाई आत्मसातगरी सञ्चालन भईरहेको छन् । तर नेपालमा सञ्चालित नेपाल रेडक्रस भष्टचार, अनिमियतता, करछली स्वयँसेवक भएर भूकम्पको रकमबाट मासिक अनोरियम भनी तलब खाएको राज्यलाई कर नतिरेको जस्ता विविध लफडामा गुज्रिरहेको छ । जसको कारणले वडा कार्यालयबाट करचुक्ता, आन्तरिक राजश्व कार्यालयबाट करचुक्ता प्रमाणपत्र, नगरपालिकाबाट नविकरण शिफासिश नभएकोले जि.प्र.का. काठमाण्डौबाट बैधानिकता माथि बारम्बार सचेत गराईरहेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डौ भन्दछ, सोसाइटीको दर्ता प्रमाणपत्रमा नवीकरण भ्याद २०७६ आषाढ मसान्तमा समाप्त भएको हुँदा सँस्थाको बैधानिकता माथि प्रश्न चिन्ह उठने भएकोले हुँदा सँस्थाको बैधानिकता कायम गर्न अविलम्ब सँस्था नवीकरण गर्न प्रयोजनार्थ २०७६।०९।०१ गते च.न ५१४ मार्फत ११ बुँदे कागजातहरुलिई नविकरणका लागि आउन पत्राचार गरिएको थियो । तर हालसम्म पनि नविकरणका लागि नआएकोले पुन २०७६।११।०५ गते पुनः ताकेता पत्र च.न. ७०० बाट पठाइएको छाँयाकपि यसैसाथ संलग्न गरिएको व्यहोरा अनुरोध गर्न चाहन्छौं ।
हेनुहोस जिल्ला प्रशासन कार्यालयको २०७६।११।०५ गते पुनः ताकेता पत्र








