काभ्रे – बनेपा काभ्रेको साँगामा काठमाडौंबाट बनेपा आउँदै गरेको बोलेरो गाडीले ठक्कर दिंदा एकजना प्रहरी असईको मृत्यु भएको छ । काठमाडौंबाट बनेपा तर्फ आइरहेको बा १९ च १३२३ नम्बरको नीजि बलेरो गाडीले ठक्कर दिंदा प्रहरी सहायक निरिक्षक तेजबहादुर गुरुङको मृत्यु भएको हो ।
प्रहरी सहायक निरिक्षक गुरुङ साँगा प्रहरी चौकीमा कार्यरत थिए । असई गुरुङ नवलपरासीको त्रिवेणी–८ का स्थायी बासिन्दा हुन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रवि कुमार पौडेलका अनुसार आज ९शुक्रबार० मृतक गुरुङलाई उक्त गाडीले ठक्कर दिन साथ धुलिखेल अस्पतालमा उपचारको लागि लगिएको थियो ।







