
धुलिखेल,नेपाल स्वास्थ्यकर्मी संघ(पान) काभ्रे जिल्ला शाखाले शनिबार काभ्रे जिल्लामा अउनुहुने स्वास्थ्यकर्मीहरुको स्वागत तथा सेवानिबृत्त हुनुहुनेहरुको बिदाई कार्यक्रम गरेको छ ।
कार्यक्रममा बोल्दै धुलिखेल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले ट्रेड युनियनहरुले राम्रो राम्रो कुरा राख्ने भन्दा भन्दै स्वास्थ्य सेवा ऐन कुरुप जनावर उँट झैं बन्न पुगेको बताए । पानका केन्द्रीय उपाध्यक्ष भवानी दाहालले स्वास्थ्कर्मीहरुको हक अधिकारका लागि अझै क्रियाशील हुनुपर्ने बेला आएको बताइन ।
पानका सल्लाहकार एवं राष्ट्रिय स्वास्थ्यकर्मी संगठन काभ्रेका अध्यक्ष पुरुषोत्तम तिमिल्सनाले काभ्रेका १३ वटै तहका स्वास्थ्य शाखामातहत कार्यरत स्वास्थ्यकर्मीहरुको हकहितका लागि पान क्रियाशील रहनु पर्ने बताए । अर्का सल्लाहकार एवं निजामती कर्मचारी संगठन काभ्रेका अध्यक्ष तथा राष्ट्रिय स्वास्थ्यकर्मी संगठनको केन्द्रीय सचिवालय सदस्य शरदचन्द्र थापाले निजीक्षेत्रमा कार्यरत पारामेडिकलहरुको अवस्था दयनीय भएको उल्लेख गर । पान काभ्रेका पूर्व अध्यक्ष एवं पान केन्द्रीय प्रतिनिधि राजदास काफ्लेले स्वास्थ्यकर्मीहरुको गैरराजनीतिक संगठनका रुपमा ४ दशकदेखि पान क्रिायशील रहेकाले सबैलाई आवद्ध हुन आग्रह गरे । पत्रकार मधुसुधन गुरागाईंले स्थानीय तहमा स्वास्थ्यकर्मीहरुको उदाहरणीय कामले गर्दा नागरिकहरुको राम्रो स्वास्थ्य अवस्था आइ रहेको उल्लेख गर्दै स्वास्थ्यकर्मीहरुले जति नै मेहनत गरेको भए पनि त्यस्ता कुरा मिडियामा नआउँदासम्म अन्यत्र थाहा नहुने भएकाले सहकार्य गर्न तयार भएको बताए ।
कार्यक्रममा अन्यत्र जिल्लाबाट काभ्रे जिल्लामा समायोजन भई आउने २५ भन्दा बढी स्वास्थ्यकर्मीहरुलाई स्वागतका साथै २०७६ सालमा सेवा निवृत्त भएका ८ जना स्वास्थ्यकर्मीहरुलाई विदाई गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता गरेका पान काभ्रेका अध्यक्ष सन्दीप केसीले धन्यवाद ज्ञापन गर्दै पानमा धेरैभन्दा धेरै स्वास्थ्यकर्मीहरुलाई आवद्ध गराएर वृत्ति विकास तथा हकहितका लागि काम गर्दै जाने योजना बनाएको बताए । –नव क्षितिज साप्ताहिकबाट








