बनेपा,नेपाल रेडक्रस सोसाइटी काभ्रे उप–शाखा को २६ औ साधारण  उप–शाखाका सभापति बलराम सिग्देलको सभापतित्वमा शनिबार काभ्रेभञ्याङमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथी काभ्रे शाखाका उप–कोषाध्यक्ष रामचन्द्र होमेगाई, विशिष्ट अतिथि काभ्रे बारका पूर्व अध्यक्ष रमेश प्रसाद हुमागाई, अतिथि नेरेसो काभ्रे शाखा पुर्ब जिल्ला सदस्य राजु सिग्देल रहेका थिए ।
कार्यक्रममा संस्था को वाषिर्क प्रतिवेदन राजकुमार होमागाईले र आर्थिक प्रतिबेदन कोषाध्यक्ष आदर्श सिग्देलले पेश गरेका थिए भने राजकुमार होमागाईले कार्यक्रम संचालन गरेका थिए । –नव क्षितिज साप्ताहिकबाट