बनेपा,नेपाल परिवार नियोजन संघ काभ्रे शाखाको शनिबार बनेपामा सम्पन्न ३७ औं शाखा सभाबाट शुभराज जोशी पुनः सभापतिमा निर्विरोध निर्वाचित भएका छन ।
जसको सदस्यमा लम्बोदर कायष्ठ, बद्री बहादुर खत्री र प्रकाश कायष्थ त्यस्तै महिला सदस्यमा इन्द्रलक्ष्मी श्रेष्ठ, जमुना मोक्तान, शान्ती कायष्ठ र सलिस्मा कायष्ठ चयन भएका छन । युवा सदस्यमा रेशा सिल्पकार र कृपा श्रेष्ठ चयन भए ।
कार्यक्रमको उद्घाटन बनेपा नगरपालिकाका नगरप्रमुख लक्ष्मी नरसिंह वादेले गरेका थिए । शाखाका सभापति शुभराज जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल यातायात व्यवसायी महासंघका सभापति एंव नेपाल परिवार नियोजन संघका पुर्व अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एंव संघका पूर्व अध्यक्ष सुरकृष्ण बैद्य, पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, पतञ्जली योग समिति नेपाल प्रदेश नं ३ का संयोजक ग्रुविन तौजल,े चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष विकास मानन्धर लगाएतले मन्तव्य राखेको कार्यक्रममा संघका सचिव प्रकाश कायष्थले प्रगती प्रतिवेदन, कोषाध्यक्ष ईन्द्रलक्ष्मी श्रेष्ठले आर्थिक प्रतिवेदन पेस र कार्यक्रम सञ्चालन रमेश श्रेष्ठले गरेका थिए । –नव क्षितिज साप्ताहिकबाट