पाँचखाल,
आय आर्जन वचत तथा ऋण सहकारी संस्था लि.,पाँचखाल–४, को दशौं वार्षिक साधारण सभा संस्थाका अध्यक्ष अर्जुनप्रसाद सापकोटाको सभापतित्व र पाँचखाल नगरपालिकाका मेयर महेश खरेलको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भएको छ ।
७५% शेयर सदस्यहरुको उपस्थितिमा “आयआर्जन गरी आफ्नो स्तर बृद्धि गरौं”भन्ने नारा सहित सम्पन्न उक्त साधारण सभामा बोल्दै प्रमुख अतिथि खरेलले यस सहकारी ले यस भेगका मानिसहरुको जिवन परिवर्तनमा व्यवसायिक बन्न, वचत र ऋणको माध्यमबाट ठुलो मद्दत गरेको र गाउँगाउँमा धेरै आर्थिक र सामुदायिक विकासमा सहयोग पु¥याएको र सहकारीको मूल्य र मान्यता अनुरुप सहकारी चलेको जानकारी पाएको भन्दै पाँचखालवासिको विकास निर्माणको समग्र विश्लेषण गर्नुहुदैं संस्था सफलताको शुभकामना प्रकट गर्नु भयो । कार्यक्रममा सिद्धार्थ वहुमुखि सहकारी संस्थाका अध्यक्ष विदुर घिमिरे, काभ्रे टाईम्सका कार्यकारी सम्पादक रमेश न्यौपाने, प्रभातफेरी साप्ताहिकका सम्पादक इश्वरीराजकुमार मैनाली, ग्रामिण महिला विकास वहुउद्देश्य सहकारी संस्था ली.की अध्यक्ष सरस्वति चिमोरिया, वडा नं.४ का वडाध्यक्ष सुन्दर लामा, वडा नं.१० का वडाध्यक्ष नारायण सापकोटा र सफल व्यवसायि माइली दनुवारलगायतले संस्थाको प्रगतिको शुभकामना मन्तव्य दिनुभएको थियो ।
उक्त अवसरमा संस्थाका अध्यक्ष अर्जुनप्रसाद सापकोटाद्वारा प्रमुख अथितिलगायत अतिथिहरुलाई मयााको चिनो साथै यस वर्षको उत्कृष्ठ उत्कृष्ट वचतमा भिम वहादुर तामाङ्ग, संस्थामा सहयोग गर्नुहुने सूर्य लक्ष्मि श्रेष्ठ, उत्कृष्ट वालबचतमा प्रकृति श्रेष्ठ, अशल ऋणिमा भुवन श्रेष्ठ, क्भ्भ् मा उत्कृष्ट नतिजा ल्याउने आयुस्मा सापकोटा र उत्कृष्ट कर्मचारीमा उमा थापालाई प्रसंसा पत्र, उपहार र नगद पुरस्कार प्रदान तथा यस संस्थाका सदस्य मेघ कुमारी वानीयाको निधन भएकोमा उहाँकी छोरी रुपा वानियालाई सहयोग स्वरुप रु.२०००÷– नगद प्रदान गरिएको थियो । संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा आगामी वर्षको कार्ययोजना सचिव राजु सिग्देलले प्रस्तुतगर्नु भएको थियो । आ.व.२०७५÷२०७६को वार्षिक लेखा प्रतिवेदन तथा आ.व.२०७६÷२०७७ को अनुमानित वजेट कोषाध्यक्ष युवराज प्याकुरेलले र लेखा समितिको प्रतिवेदन लेखा तथा सुपरवेक्षण समितिका संयोजक बैकुण्ठ प्रसाद न्यौपाने, ऋण उपसमितिको प्रतिवेदन संयोजक डोरनाथ गोतामेले प्रस्तुतगर्नुभएको थियो भने स्वागत मन्तव्य संस्थाका सदस्य झलकुमारी दुलाललेगर्नु भएको थियो । उक्त साधारण सभाले रिक्त संस्थाको उपाध्यक्ष पदमा लक्ष्मी दनुवार र सदस्य पदमा श्रृजना परियारलाई सर्व सम्मत चयन गरेको छ । कार्यक्रमको संचालन संचालक समितिका सचिव राजु सिग्देलले गर्नुभएको थियो भने कार्यक्रमको व्यवस्थापन समितिका संयोजक जयराम घिमिरे र सदस्य संजिता श्रेष्ठले गर्नुभएको थियो । उपस्थित शेयर सदस्यहरुको उपस्थिति तथा परिवहन खर्च वितरण प्रबन्धक मन्जु शाहकोे नेतृत्वको टोलिले गरेको थियो ।







