पलाञ्चोक,काभ्रे मुद्रण उद्योग संघको छैठौं वार्षिक साधारणसभा तथा तेस्रो जिल्ला अधिवेशन शनिवार पलाञ्चोकमा सम्पन्न भएको छ ।
अधिवेशनले जगन्नाथ खड्कालाई पुनः अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा खड्गबहादुर राउत, सचिवमा प्रेमबहादुर थापा, कोषाध्यक्षमा जयराम बञ्जारा तथा सदस्यहरुमा सर्वश्री अधिकारी, ऋषिराम सापकोटा र रामप्रसाद पौडेल रहेका छन् ।
नेपाल मुद्रण उद्योग महासंघका अध्यक्ष पुस्कल गौतमको प्रमुख आतिथ्यता र संघका जिल्ला अध्यक्ष जगन्नाथ खड्काको सभापतित्वमा भएको कार्यक्रममा नेपाल मुद्रण उद्योग महासंघका पुर्व अध्यक्ष माधब के. सी., काभ्रे मुद्रण उद्योग संघका सल्लाहकार कौशलराज खड्का लगायतले अधिवेशन सफलताको शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा संघका सदस्य नवराज बजगाईले स्वागत मन्तव्य, सचिव प्रेमबहादुर थापाले संस्थाको बार्षिक गतिविधि र संघका कोषाध्यक्ष खड्गबहादुर राउतले आर्थिक प्रतिवेदन र आर्थिक कोषको प्रतिबेदन संयोजक प्रदिप के.सी.ले प्रस्तुत गरेका थिए ।







