
टुकुचा युवा क्लब, बुडोल सामुदायिक साकोस, पुण्यवती नारी चेतना को आयोजना तथा बनेपा हेल्थ केयरको प्राबिधिक सहयोगमा तथा मा उग्रचण्डी पार्टी भेन्यु को ब्यबस्थापन मा काभ्रे को नालामा १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
आम जनता जो विभिन्न कारणले स्वास्थ्य सेवा पाउन बाट बन्चित भएका छन् उहाँहरूलाई पनि स्वास्थ्यको बारेमा जनचेतना तथा स्वास्थ्य सेवा दिने प्रमुख लक्ष्यका साथ समुदायमा गई स्वास्थ्य सेवा दिईएको बनेपा हेल्थ केयरका ब्यबस्थापक जितेन्द्र थापाले स्पष्ट पार्नुभयो । उक्त निशुल्क स्वास्थ्य शिविरमा बाथ रोग विशेषज्ञ डाक्टर बिनय रेग्मी, जेनेरल फिजिसियन डाक्टर सन्जिभ शाह लगायतको टिमले करिव २ सय ३५ जना बिरामिको निशुल्क स्वास्थ्य जाचको साथै निशुल्क औषधिसमेत उपलब्ध गरिएको थियो । अहिले नसर्ने रोगका रुपमा बड्दै गएको मधुमेह ९चिनी रोग० को जाच पनि निशुल्क रुपमा गरिएका थियो भने ५६ जना मधुमेह देखिएका बिरामिहरुको ज्दबज्ञऋ ९ ३ महिना देखि को ग्लुकोजको मात्रा ० को निशुल्क परिक्षण समेत गरिएको थियो । विविध विशेषज्ञ डाक्टरहरु द्वारा विशेषज्ञ सेवा दिइरहेको बनेपा हेल्थ केयरले आउने दिनहरुमा पनि यस्ता निशुल्क स्वास्थ्य शिविर लगायतका कार्यक्रमहरु संचालन गरिरहने ब्यबस्थापक जितेन्द्र थापाले जानकारी दिनुभयो ।








