क्षयरोग अर्थाट टिबी रोग । कुनैबेला खतरनाक मानिन्थ्यो । अहिले क्षयरोग त्यती भयावह छैन । यद्यपी पूर्णत निर्मूल पनि भएको छैन । नेपालमा क्षयरोगका औषधि र आधारभूत परीक्षण निःशुल्क भए पनि ५१ प्रतिशत प्रभावित परिवारले ठूलो आर्थिक भार बेहोर्नुपरेको अध्ययनले देखाएको छ ।
नेपालमा क्षयरोगका औषधि सरकारी स्वास्थ्य संस्थामार्फत निःशुल्क उपलब्ध गराइन्छ तर हालै प्रकाशित एक अध्ययन प्रतिवेदनले क्षयरोग भएका ५१ प्रतिशत परिवारले रोग लागेकै कारण निकै ठूलो आर्थिक भार बेहोर्नुपरेको देखाएको छ । प्रतिवेदनअनुसार निःशुल्क औषधि र चिकित्सकीय परामर्श मात्रै टीबी प्रभावित परिवारलाई आर्थिक कठिनाइबाट जोगाउन पर्याप्त छैन । अक्सफोर्ड युनिभर्सिटी प्रेसद्वारा प्रकाशित हेल्थ पोलोसी एन्ड प्लानिङ जर्नलमा प्रकाशित उक्त प्रतिवेदनमा भनिएको छ, ‘निःशुल्क परीक्षण र उपचार हुँदाहुँदै पनि नेपालका दुईमध्ये एक क्षयरोग प्रभावित परिवारले निकै ठूलो खर्च बेहोर्नुपर्छ ।’
त्यसैगरी औषधि प्रतिरोधी क्षयरोग संक्रमण भएका चारमध्ये तीन परिवारले झनै ठूलो खर्च बेहोर्नु परिरहेको अध्ययनले देखाएको छ । क्षयरोग एक अत्यन्तै संक्रामक रोग हो, जसले मुख्यतः फोक्सोलाई असर गर्छ । फोक्सोको टीबी भएका व्यक्तिले खोक्दा, हाच्छ्युँ गर्दा वा थुक्दा हावामा क्षयरोगका ब्याक्टेरिया फैलिन्छन् र स्वस्थ मानिसको शरीरमा प्रवेश गर्ने गर्छ । सरकारले औषधिसँगै क्षयरोगको निदानका लागि खकार परीक्षण र छातीको एक्स–रे सेवा निःशुल्क उपलब्ध गराउने गर्छ । तर सिटी स्क्यान, एमआरआई तथा अन्य प्रयोगशाला परीक्षणका लागि बिरामीले आफैंले नै खल्तीबाट खर्च गर्नुपर्छ, जुन महँगो पर्ने गर्छ ।
विश्व स्वास्थ्य संगठनको रिपोर्टले भन्छ, ‘नेपालमा बर्षेनी करिब पाँच देखि ७ हजार मानिसको मृत्यु क्षयरोगको कराण हुनेगर्छ ।’ यहाँ ४४ हजार मानिस क्षयरोगबाट प्रभावित छन् । किनभने यो संक्रामक रोग हो, जो दोस्रो व्यक्तिलाई सजिलै सर्न सक्छ । क्षयरोग भएमा यसले छाती तथा फोक्सोलाई असर पार्ने गर्छ । हाच्छ्यिुँ गर्दा, खोक्दा पनि यसको जिवाणु सजिलै अर्को व्यक्तिमा सर्न सक्छ । युरोपियन देशहरुबाट सुरु भएको क्षयरोग नेपालमा पनि धेरै पूरानो मानिन्छ । क्षयरोग दुई प्रकारका हुने गर्छ ।
१. छातीमा देखिने
२. छाति बाहिर
छातीमा क्षयरोगको संक्रमण भएमा विभिन्न लक्षण देखा पर्ने गर्छ । जस्तै–तीन हप्तासम्म पनि खोकी निको नहुने । लामो समयसम्म ९९–१०० ज्वरो आउने, खान मन नलाग्ने, तौल कम हुने, खकारमा रगत देखिने, थकान महसुस हुने गर्छ । त्यस्तै, छाती बाहिर संक्रमण भएमा खान मन नलाग्ने, तौल कम हुने गर्छ । तर यसका साथै अन्य लक्षण देखा पर्छ । जस्तै, मृगौलाको क्षयरोग लागेमा पिसाबबाट रगत देखिने, हड्डीको क्षयरोग भएमा ढाड दुख्ने, ढाड कुप्रो पर्ने इत्यादी हुन्छ । त्यसमध्ये फोक्सोमा हुने क्षयरोगमा स्पुक्टम पोजेटिभ हुने गर्दछ । स्पुटम पोजेटिभ भएमा खोक्दा, हाच्छ्यिुँ गर्दा हावाको माध्यमद्धारा यो रोग एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने गर्छ ।
यो विशेषगरी, कम प्रतिरोधात्मक क्षमता भएका व्यक्तिलाई सजिलै आक्रमण गर्न सक्ने यो क्षयरोगका किटाणु जो सुकैको शरीरमा रहेको हुन्छ । शरीरमा पोषणको कमी, कुपोषण, सन्तुलित आहार, गलत खानपान लगायतका कारण पनि शरीरको रोग प्रतिरोधात्मक क्षमता कम हुने गर्छ । बदिलदो जीवनशैली तथा गलत खानपानका कारण पनि अहिले नेपाली समाजमा क्षयरोग रोग ठूलो चुनौतीको रुपमा देखा परेको छ । त्यसैले, यसलाई नियन्त्रण गर्नको लागि समयमै रोगको पहिचान आवश्यक छ । जसको लागि छातीको एक्सरे, खकार जाँच, प्रतिरोधात्मक क्षमता जाँच लगायत गर्ने । यदी लागेमा–नेपालमा क्षयरोगीहरुलाई मध्यनजर गर्दै सरकारले क्षयरोगीहरुलाई निशुल्क औषधी वितरण गर्दै आएको छ । सुचीकृत स्वास्थ्य संस्थाहरुबाट त्यो सुविधा पर्याप्त मात्रमा लिन सकिन्छ ।








