बनेपा, अधिकार र रोजगार हाम्रो सरोकार भन्ने नाराका साथ सामाजिक काम गर्ने उदेश्यले स्थापना भएको हाम्रो सरोकार बनेपाको तेस्रो साधारण सभा तथा विजयादशमी, शुभ दीपावली, नेपाल संवत्, म्हः पूजा, न्हुदँया भिन्तुना तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम शनिबार बनेपामा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष सम्झना खतिवडाको अध्यक्षता र गैसस महासंघ काभ्रेका अध्यक्ष गंगा दोङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाले हालसम्म गरेका कामको बारेमा चर्चा गरिएको थियो । अध्यक्ष खतिवडाले संस्थाले तनाव व्यवस्थापन र आत्मनिर्भरता सम्बन्धी अभिमुखिकरण, पोते बुन्ने लगायतका सिप मुलक तालिमहरु सञ्चालन गर्दै आएको बताईन । प्रमुख अतिथि गैसस महासंघ काभ्रेका अध्यक्ष गंगा दोङले संस्थाले छोटो समयमा गरेको कार्यको प्रशंसा गरिन ।
संस्थाका सचिव मञ्जु आचार्यले कार्यक्रम सञ्चालन गर्दै संस्थाका गतिविधि र आगामी योजनाबारे जानकारी गराएकी थिइन । संस्थामा उपाध्यक्ष सेवक श्रेष्ठले स्वागत मन्तब्य राखेको कार्यक्रममा पत्रकार महासंघ काभ्रेका पुर्व उपाध्यक्ष नवराज बजगाई, लगायत संस्थाका सदस्यहरु र सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।









