काभ्रेभञ्ज्याङ, यहाँ रहेको श्री निजानन्द कृषि सहकारी संस्था लि.ले आफ्नो सातौ वार्षिक साधारण सभा मंगलवार सम्पन्न गरेको छ ।
जिल्ला बारका पुर्व अध्यक्ष रमेशप्रसाद हुमागाईको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष बिदुरबहादुर बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा जेष्ठ नागरिक, उत्कृष्ट शेयर सदस्य, सस्थापक अध्यक्ष बलराम सिग्देल, नव क्षितिज साप्ताहिकका सम्पादक नवराज बजगाई लगायतलाई नगद रकम सहित सम्मान गरिएको कार्यक्रममा जिल्ला सहकारी संघका सदस्य यदुनाथ हुमागाई, सञ्चारकर्मी नवराज बजगाई, मनकामना साकोसका अध्यक्ष बालकृष्ण दाहाल, समाज सेवा साकोसका अध्यक्ष अर्जुनप्रसाद बजगाई, सुर्याेदय साकोसका अध्यक्ष रामचन्द्र हुमागाई, मन्दिर ब्यबस्थापन समिति अध्यक्ष राजेश हुमागाई लगाएले सहकारीका बारेमा बोलेको कार्यक्रममा स्वागत उपाध्यक्ष बद्रीप्रसाद हुमागाईले, वार्षिक प्रतिवेदन सचिव बिश्वतारा सिग्देलले, आर्थिक प्रतिबेदन कोषाध्यक्ष रबिन्द्रनाथ सिग्देलले र लेखा प्रतिवेदन संयोजक बलराम सिग्देलले प्रस्तुत गरेका थिए ।