बनेपा, नेपाल स्वास्थ्य प्राबिधिक संघ (पान) काभ्रेले बडा दशैं, शुभ दिपावली, नेपाल संबत तथा छठ पर्व २०७६को शुभकामना आदान प्रदान कार्यक्रम असोज १२ गते होटल हब एण्ड रेष्ट्रोमा सम्पन्न गरेको छ ।
नेपाल स्वास्थ्य प्राबिधिक संघ (पान) काभ्रेका अध्यक्ष सन्दीप के. सी. को अध्यक्षता र स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा नेपाल स्वास्थ्य प्राबिधिक संघ(पान)का केन्दीय सचिव मेख बहादुर भुजेलको बिशेष आतिथ्यता रहेको थियो ।

सेप्टेम्बर २९ तारेखको विश्व मुटुरोग दिवश अबसर पारेर पान काभ्रेले मुटु रोगबारे जनचेतना फैलाउने तथा स्वास्थ्यकर्मी तथा आम जनमानसमा दशैंको समयमा हुनसक्ने खानपान र त्यसबाट मुटुमा पर्न सक्ने असरबारे सचेतना दिने उदेश्य साथ यो कार्यक्रम आयोजना गरेको हो । नेपाल पत्रकार माहासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिनाले शुभकामना मन्तब्य राख्दै मुटु रोग बाट बच्न दैनिक खानपान तथा नित्य ब्यायामलाइ ध्यान दिनु पर्ने बारे बताउँदै नियमीत ब्यायाम गर्ने प्रतिबध्दता गर्नु भयो । स्वास्थ्य कार्यालयका प्रमुख नरेन्द्र कुमार झाले मानिस जतिबर्ष उमेर भएको छ दैनिक त्यतीनै मिनेट हिंडने गर्नुपर्ने र मादक पदार्थ सेवनबाट टाढा रहँदा मुटु रोग लाग्ने सम्भावना कम हुने बताउनु भयो । पान काभ्रेका अध्यक्ष सन्दीप के.सी. ले स्वास्थ्यका पेशागत संगठनहरुले पेशागत हकहितका अतिरिक्त स्वास्थ्यका महत्वपुर्ण सन्देशहरु जनमानसमा पुराई जनताको स्वास्थ्य मा संबेदनसिल हुनुपर्ने आबस्यक्ता अनुरुप काम गर्न लागिपर्ने बताउनु भयो । कार्यक्रम सञ्चालन पान काभ्रेका सचिब कृष्ण बहादुर आलेले गर्नुभएको थियो ।