बनेपा,सहुलियत स्वास्थ्य सेवा उपलब्ध गराउन बनेपा हेल्थ केयर र सामुदायिक बचत तथा ऋण सहकारी सस्था पनौति बीच समझदारी भएको छ । शुलभ शुल्कमा गुणस्तरीय तथा प्रभावकारी स्वास्थ्य सेवा दिने प्रणका साथ संचालित बनेपा हेल्थ केयर ले समुदायको स्वास्थ्य लाई ख्याल गर्दै आएको छ । यसै सन्दर्भमा बनेपा हेल्थ केयर प्रा.लि. बनेपा र सामुदायिक बचत तथा ऋण सहकारी सस्था पनौति बिच आफ्ना सदस्य र कर्मचारीहरुलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन समझदारी भएको हो ।
सो समझदारी पछि सामुदायीक संस्थाका सदस्य तथा कर्मचारी हरुले औषधि खरिदमा १० प्रतिशत,दन्त सेवामा २० प्रतिशत,ल्याव परिक्षणमा २० प्रतिशत र एक्स–रे तथा फिजियो थेरापी सेवामा २० प्रतिशत छुट पाउने छन् । यो समझदारीपत्रमा बनेपा हेल्थ केयरको तर्फबाट प्रवन्ध निर्देशक जितेन्द्र कुमार थापा र सामुदायीकको तर्फबाट प्रमुख कार्यकारी निर्देशक मदन बस्नेतले हस्ताक्षर गरेका हुन । ले समुदायमा रहेका विविध संघ सस्थाहरुको सहकार्यमा स्वास्थ्य संग सम्बन्धित कार्यक्रमहरु निशुल्क स्वास्थ्य शिविर, स्वास्थ्यको बारेमा जनचेतना मुलक कार्यक्रमहरु समेत संचालन गर्दै आएको छ ।