
खानीखोला,खानीखोला गाउँपालिका वडा नं. ३ सौरेमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । आहाना नेपाल फाउण्डशेनको आयोजनामा शिविर सम्पन्न भएको हो ।
खानीखोला गाउँपालिका र छिमेकी महाभारत गाउँपालिकाका गरी शिविरमा ६ सय ६८ जनाले सेवा लिएका छन् । शिविरमार्फत् सेवा लिनेमा बालरोग १ सय ६, स्त्रीरोग १५४, आँखा रोग २ सय ४, जनरल÷अर्थपिडिक÷न्युरो २ सय ४ गरी ६ सय ६८ जना थिए ।
शिविरको अवसरमा १३ जना आङ खसेको महिलाहरुलाई रिङ राखेको भने २ जनालाई माइनर शल्यक्रिया गरिएको छ । यससँगै ६५ जनालाई चश्मा वितरण गरेको छ ।
शिविरमा संलग्न डाक्टरका अनुसार २६ जनामा मोतिविन्दु देखिएको छ । शिविरमा निशुल्क औषधि, विद्यार्थीलाई झोलासँगै स्टेशनरी, महिलालाई सनिटरी प्याड, स्टेचर तथा शैक्षिक सामग्री लगायत, बालबालिकालाई टुथब्रस र पेष्ट वितरण गरिएको थियो । शिविरको व्यवस्थापन डाँडागाउँ युवा समाज र भृकुटी आधारभूत विद्यालयले गरेको थियो ।








