धादिङको नौविसेलाई केन्द्रविन्दु बनाएर ५.२ रेक्टरको भूकम्प

काठमाडौँ-  धादिङ जिल्लाको नौबिसे आसपास केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ ।   राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ६ बजेर २९ मिनेट जाँदा ५.२ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्प मापन केन्द्रका उपप्रमुख मुकुन्द भट्टराईले उक्त भूकम्प विसं २०७२ वैशाख १२ को परकम्प भएको जानकारी दिनुभयो । वैशाख १२ देखि हालसम्म चार रेक्टर स्केलभन्दा बढीका ५०० भन्दा बढी भूकम्पको परकम्प गइसकेको केन्द्रले जनाएको छ । भूकम्पको धक्का राजधानीमा महशुस गरिएको थियो ।

प्रकाशित मिति : २०७६ बैशाख ११ गते बुधवार
प्रतिक्रिया