पाँचखाल र आसपास क्षेत्रका नागरिकलाई सहज र शुलभ रुपमा प्रविधिमैत्री उपचार बिधिबाट आँखासम्बन्धी सम्पूर्ण उपचार सेवा उपलब्ध गराउने उद्देश्यले पाँचखाल नगरपालिका–३, नगरपालिका भवन पछाडी, जोरपाटीमा सफल आँखा क्लिनिक तथा उपचार केन्द्र सञ्चालनमा आएको छ ।
आइतबारदेखि बिधिवत रुपपमा सञ्चालनमा आउने क्लिनिकले बिभिद सुविधासहित नागरिकलाई गुणस्तरीय आँखा परीक्षण तथा उपचार सेवा प्रदान गर्ने छ । क्लिनिकले कम्प्युटर प्रविधिमार्फत आँखाको परीक्षण, चस्मा जाँच तथा चस्मा निर्माण सेवा उपलब्ध गराउने छ । साथै, मोतियाबिन्दुको अपरेशन प्रत्येक तीन महिनामा सञ्चालन गरिने व्यवस्था मिलाइएको क्लिनिकले जनाएको छ । यसबाट विशेषगरी ग्रामीण क्षेत्रका नागरिकलाई काठमाडौं धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।
आँखा मानव शरीरको संवेदनशील अंग भएकाले समयमै परीक्षण र उपचार आवश्यक रहने चिकित्सकहरूको भनाइ छ । पछिल्लो समय मोबाइल, कम्प्युटर तथा अन्य डिजिटल उपकरणको अत्यधिक प्रयोगका कारण आँखासम्बन्धी समस्या बढ्दै गएकाले नियमित जाँच गर्नुपर्ने आवश्यकता पनि बढेको छ । क्लिनिकले बिहान ७ बजेदेखि साँझ ८ बजेसम्म सेवा प्रदान गर्दै आएका सञ्चालक दमन अधिकारीले जानकारी दिनुभयो । आगामी दिनमा थप विशेषज्ञ सेवा विस्तार गरी नागरिकलाई सहज र भरपर्दो आँखा उपचार उपलब्ध गराउने लक्ष्य रहेको बताउदै सञ्चालक दमन अधिकारीले थप सुबिधाको लागि पाँचखाल तामाघाटबाट यातायातको व्यवस्था गरेको जानकारी दिनुभयो ।