काभ्रेपलान्चोक – बनेपा नुवाकोट कै सान झल्किने नमस्ते नुवाकोट बोलको म्युजिक भिडियो लिएर कलाकारिता क्षेत्रमा प्रबेश गरेर आज लाखौ दर्सकको मन मुटुमा बस्न सफल गायकले चिनिने दिनेश श्रेष्ठ आज भोलि लाइभ दोहोरी तिर निकै ब्यस्त हुनुहुन्छ ।

छोटो समयमै आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक श्रेष्ठले अहिले धेरै गितमा आवाज भर्नु भएको छ भने केही गित सिर्जना र केही म्युजिक भिडियोको निर्देशन पनि गर्नु भएको छ ।

यसो भनी रहदा गायक लाई हामीले यस्तो प्रस्न गरेका छौ किन तपाईं लाई आयोजकले नुवाकोट महोत्सवमा स्थान दिइएन ?
गायकले नुवाकोटको मेला महोत्सवको बारेमा यस्तो भन्नू हुन्छ मैले आफ्नो जिल्लाको नाम देश बिदेश सम्म उच्च राख्न धेरै गित बजारमा ल्याएको छु । मेरो गित नुवाकोट जिल्लाको हरेक घर घरमा गुन्जियो आज पनि त्यहीँ गितको कारण म कलाकारिता क्षेत्रमा छु । आखिर मलाई किन आफ्नै जिल्लाको महोत्सबमा स्थान दिइएन ।चर्चित निर्देशक मिलन श्रेष्ठ भन्नू हुन्छ भाइ आयोजक ताराबादुर कार्की लाई फोन गर्नु अनि महोत्सबमा जानू सबैले त्यसैगरी गएका हुन ।

स्थानीय कलाकारले आयोजक परिवारको खुट्टा समाउदै महोत्सवको स्टेज माग्नु उचित हुदैन गायक दिनेश श्रेष्ठको भनाइ छ । आफ्नु जिल्लामा को कति कस्ता कलाकार छ्न यो समेटने जिम्मा आयोजक परिवारको हो । यस्तो प्रतिक्रिया दिनु हुन्छ गायक दिनेश श्रेष्ठ ।