हाम्रो देशको वित्तिय सन्तुलन अझै पनि लयमा आउँन सकेको छैन । पुरानै लयमा आउँन अझै केही वर्ष लाग्ने संभावना छ । सरकारमा सामेल तथा मौकाको फाईदा उठाउँन तल्लिन केही आर्थिक विचौलियाले देशको अर्थ प्रणालीलाई ध्वस्त बनाए । हुनेलाई मालामाल बनाए भने नहुनेलाई कंगालै बनाएर छाडे । यो श्रृंखला अझै पनि निरन्तर जारी छ ।
देशको पूँजी बजार कम्जोर बन्दा सबै प्रकारका कारोबारहरु ओरालो लागे । व्यापार व्यवसायमा ठूलै गिरावट आयो । एकाध प्रकारका बाहेक अन्य व्यवसाय चौपट भए । देशको पैसा अनुत्पादक क्षेत्रमा लगानी हुंदा पूँजी बजारमा पैसा घुम्न सकेन । पैसा सधै एकै ठाउँमा र एकै जनासंग मात्र बस्ने बस्तु होईन । यो बजारमा निरन्तर घुमिरहने बस्तु हो । एकै जनाको मात्र कारोबार किन नहोस यसलाई समयमै परिचालन गर्न सक्ने हो भने अर्थ शास्त्रको नियमानुसार यसले एकपटकमा सत्र जनाको कारोबारलाई व्यवस्थित गर्न सक्दछ । पैसा वा पूँजीको प्रभाव एक साधारण होटलको ग्राहकदेखि भैंसी पाल्ने किसान, दूध बेच्ने डेरी, घाँस काट्ने घाँसे, दाना वा आहार बेच्ने व्यापारी, होटल संचालक लगाएतका व्यक्तिहरु संलग्न हुन्छन् । एउटा साधारण किसानले उत्पादन गरेको दूधमा त प्रत्यक्ष रुपमा वा दखिन गरी यती धेरैको संलग्नता रहन्हेको छ भने अन्य पक्ष पनि जाडिएको हुन्छ । यो त एउटा साधारण उदाहरण मात्र हो । यस प्रकारका उदाहरुणहरु अनन्त छन् । यसको खास तात्पर्य भनेको के हो भने एक उत्पादनसंग हरेक विषय र वस्तुको सम्बन्ध रहेको हुन्छ । यस्तोमा एउटामा परेको असरले अन्य कति धेरै विषय र वस्तुमा पनि प्रभाव पर्दछ वा पार्दछ भन्ने कुराको संकेत समेत हो ।

अहिलेको चरम आर्थिक संकटले गर्दा सबै क्षेत्र अछुतो रहन सकेन । साधारण केही प्रकारका बाहेक सबै क्षेत्र यतीखेर चल्नै नसक्ने अवस्थामा पुगेका छन् । व्यवसाय चल्न वा चलाउँन नसक्दा अहिले व्यस्त बजारको चोक चोकको पसलहरु विक्रिमा रहेको सूचना प्रकाशित भएका छन् । नागरिक निर्धन हुंदा आफुलाई आवश्यक पर्ने सामान वा वस्तु किन्न सक्ने अवस्थामा छैनन् । नागरिकले सामान किन्न छाडे पछि व्यवसायमा मन्दी आउँनु र व्यवसायी घाटामा जानु अस्वभाविक भएन । धेरैको व्यवसाय नचल्दा रोजगारी गुमेको छ । धेरै उद्योग र व्यवसाय नचल्दा धेरैको जागिर खोसिएको छ । व्यवसाय नचल्दा र जागिर खोसिदा धेरैको आम्दानी घटेको छ । पैसा विना वा असाध्यै खुम्चिएर कारोबार गर्नु परेको छ । हरेक व्यक्ति आफुलाई अत्यावश्यक समान पनि किन्न सक्ने अवस्थामा छैनन् ।
त्यसैले हरेक प्रकारका व्यवसाय निरन्तर रुपमा घाटामा जान थाले । घाटामा पनि कति दिन वा कति समय चलाउँने कुनै ठेगान नभए पछि धेरै व्यवसायीहरु पसलहरु बेच्न तयार छन् । महंगीका कारण धेरैका विलासिताका गाडिहरु पनि विक्रिमा छन् । ऋण धेरै लागेर किस्ता समेत तिर्न नसक्ने भए पछि घर र घडेरीहरु विक्रिमा छन् । यो आपतमा तनाव लिनु भन्दा भएको सम्पत्ति बचेर भए पनि ऋण तिर्नु धेरैको वाध्यता भएको छ । सबैलाई यो आर्थिक मन्दी कहिले सम्म हो भन्ने कुराले पिरोलेको छ । त्यसैले त हरेक कारोबारीहरु ऋण मूक्त भएर बस्न चाहन्छन् ।
बजारमा छाएको मन्दीले धेरैलाई आफ्नो सम्पती सस्तैमा भए पनि बेचेर ऋण मुक्त हुन खोजिरहेका छन् । ऋण बढ्दै जाने तर व्यवसायमा घाटा लाग्ने भए पछि धेरैले सम्पत्ती विक्रि गरेर भए पनि ऋण तिर्न चाहिरहेका छन् । बजारमा कही र कतै सस्तोमा जग्गा, घर घडेरी, गाडी वा अन्य सम्पत्ती लिनका लागि केही पैसा हुनेका विचमा तछाड मछाड चलेको छ । आफुसंग भएको पैसाले सम्पत्ती जाड्दा नपुग्ने पैसाका लागि वित्तिय संस्था धाउनेको संख्या पनि बढ्न थालेको छ । सना प्रकारका संस्थाहरु जसो तसो चलिरहेकै बेलामा सदस्यले पैसा अभाव भएको बेलामा त्यही पनि निकालेर काम गर्छु भन्दै ठूलो प्रकारको कारोबार गर्न खोज्दा अब झन समस्या थपिने संभावना बढेर गएको छ । सस्तोमा सम्पत्ति जोड्न खोज्दा पैसा उठ्न सके त राम्रै हो तर उठ्न सकेन भने समस्या निम्तिन सक्छ । साना प्रकारका एकाध संस्थाले बाहेक सबैले सदस्यको रकम फिर्ता गर्न सक्ने अवस्थामा छैनन् । बजार चलायमान छैन । बजार जब सम्म चलायमान बन्दैन तबसम्म आर्थिक पक्ष कमजोर हुन्छ । बजारमा पूँजी घुम्न नसक्दा त्यससंग जोडिएको हरेक क्षेत्र शिथिल बन्दै गैरहेको छ । हो आफुले खाई नखाई बचत गरेर राखेको पैसा भनेको बेलामा पाउनु पर्छ । त्यसमा कुनै प्रकारको सन्देश छैन । तर अहिलेको समय भनेको देशव्यापी रुपमा आर्थिक संकट छाएको छ । यस्तो बेलामा कोही कसैले पूर्व तयारी नगरी सम्पत्ती जोड्न खोज्दा भोली आउँन सक्ने जोखिमको बोरमा सचेत हुनु जरुरी छ । अहिलेको अवस्थामा फलानोसंग यति लिन्छु, फलानो बचतबाट यति निकाल्छु र काम गर्छु भनेर जोजना नबनाऔं । यसले पछि आफैंलाई दुख दिनेछ । आर्थिक संकटको बेलामा कसैले पनि कुनै काम नआंटेका नै कल्यण हुन्छ । को स देशको अर्थचक्र झण्डै शून्य विन्दुमा छ । यो हुनु भनेको देशको अर्थतन्त्र निक्कै जोखिममा छ भन्ने कुराको संकेत हो । सुधारका उपायका प्रयासहरु थालिहाल्नु जरुरी छ । तर काम गर्नै पर्ने निकाय नेपाल सरकार यस विषयमा मौन छ ।
अहिलेको प्रतिस्पर्धा भनेको अरुलाई कंगाल बनाएर आफु धनि हुने जमाना रहेछ । यहाँ मानविय संवेदना दिनप्रतिदिन हराउँदै गैरहेको छ । आफु धनी हुन वा धन कमाउनका लागि जे सुकै पनि गर्ने जमातको संख्या बढ्दो छ । अरुलाई मारेरै भए पनि सम्पत्ती लुट्ने जमाना रहेछ । एउटा पिडिते सरकारको गृहमन्त्री समक्ष म लुटिए मेरो संक्षण गर, मेरो ज्यान जोगाई देउ भन्दा अन्धो जस्तो टुलु टुलु हेरेर बस्ने सरकार छ । यस्तो अवस्थामा सरकारले केही पनि गर्न सक्दैन भने त्यो सरकार किन र कस्का लागि ? सरकार बेथितिको अन्त्य गर । शासन प्रणालीलाई सुधार गर । सबैलाई हाम्रो देशमा नेपालीकै सरकार छ भन्ने कुराको अनुभूती गराउ ।