लोक दोहोरी गायिका प्रतिमा अर्यालले श्रावण ३ गते आफ्नो जन्मदिनलाई सेवाभावसँग जोड्दै सेवक नेपाल बालगृह मण्डनदेउपुर–८, मा रहेका बालबालिकाहरूसँग अत्यन्तै आत्मीयतापूर्वक मनाउनु भएको छ ।
उहाँले आफ्नो जन्मदिनको अवसरमा सेवक नेपाल बालगृहलाई रु. ५०,००० (पचास हजार रुपैयाँ) आर्थिक सहयोग प्रदान गर्नुका साथै बालगृहमा आश्रित बालबालिकाहरूलाई आफ्नै हातले भोजन सेवा गराई जन्मदिनलाई थप प्रेरणादायी, मानवीय र अविस्मरणीय बनाउनु भयो । कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाका उपमेयर विष्णुमणी नेपालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वरिष्ठ लोक दोहोरी गायक राजेश ढकाल, राम महत, सेवक नेपालका अध्यक्ष बुद्ध गौतम, उपाध्यक्ष केशव सापकोटा, महासचिव जनार्दन तिमल्सिना, स्थानीय समाजसेवी होमप्रसाद चौलागाईं, कार्यसमिति सदस्य कविता दनुवार, कार्यसमिति सदस्य बिन्दु शर्मा नेपाललगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजन वरिष्ठ लोक दोहोरी गायक राजेश ढकालले गर्नुभएको थियो ।








