संसारमा इतिहास त्यसै बदलिँदैनस इतिहास बदल्नका लागि स्थापित रूढिवादी मान्यताहरूलाई तोड्ने र अनेकौँ चुनौतीहरूलाई चिर्ने साहस चाहिन्छ। आज हाम्रो समाजमा महिलाहरू केवल घरायसी जिम्मेवारी निभाउने मात्र होइन, बरु समाजको दिशा बदल्ने साहसी संवाहकका रूपमा उभिएका छन्। वास्तविक साहस त्यतिबेला देखिन्छ, जब एउटा साधारण पृष्ठभूमिबाट उठेकी महिलाले असाधारण चुनौती र घरेलु हिंसाको चक्रलाई जितेर सफलताको नयाँ आयाम कोर्छिन्।
बन्द कोठाको भोगाइ र मौन विद्रोह
हामीले अक्सर देख्ने र सुन्ने गरेका छौँ—बाहिरबाट हेर्दा भव्य, शिक्षित र सुखी देखिने कतिपय घरहरूभित्र पनि महिलाहरूले हरेक रात एउटा मौन युद्ध लडिरहनुपरेको हुन्छ। आफ्नो आत्मसम्मान र अस्तित्वका लागि डरैडरमा बाँच्नुपर्ने, आफ्नै भनिएकाहरूबाट मानसिक र शारीरिक हिंसा सहनुपर्ने, र समाजको झुठो ुइज्जतु जोगाउन आफ्नै आँसु पिउनुपर्ने विवशता धेरैको यथार्थ हो। तर, जब कुनै महिलाले त्यो हिंसा, अत्याचार र पराधीनताको दलदललाई त्यागेर, सुख(सुविधा र सम्पत्तिलाई लात मारेर ूम आफ्नै पसिनामा आत्मनिर्भर भएर बाँच्छुू भनी पाइला चाल्छिन्, तब उनको वास्तविक अग्निपरीक्षा सुरु हुन्छ।
दुःखद कुरा, यसरी हिम्मत गरेर निस्किएकी महिलालाई ऊर्जा दिनुको साटो समाजले उसैका कमी(कमजोरी खोज्न थाल्छ। अझ विडम्बना त के भने, आफैँ पनि कतै न कतै त्यस्तै पीडा र बन्धनमा छटपटाइरहेका कतिपय दिदीबहिनीहरूले नै ढाडस दिनुको सट्टा झन् हतोत्साही बनाउने प्रयास गर्छन्। आफू फसेको सामाजिक दायराको दलदलबाट कोही बाहिर निस्कन खोज्दा रोक्न खोज्नु एक मानसिक दासता हो। तर, एउटा आमा र श्रीमतीको रूपमा घरमा बस्ने अधिकार जति सुरक्षित हुनुपर्छ, त्योभन्दा बढी सुरक्षित हुनुपर्छ—एउटा स्वतन्त्र मानिसका रूपमा सम्मानपूर्वक बाँच्ने अधिकार।
पिँजडाको चरी र गगनचुम्बी पन्छी
यदि एउटा पन्छीलाई सानो पिँजडामा थुनेर राखियो भने, उसको पखेटा चलाउने क्षमता हराएर जान्छ र ऊ बिचरा बन्न पुग्छ। तर, जब त्यही पन्छीलाई खुला आकाशमा उड्न दिइन्छ, तब मात्र थाहा हुन्छ कि ऊ त गगन चुम्ने सामर्थ्य राख्ने गरुड पो थिइन्१ महिलाहरूको क्षमता पनि ठ्याक्कै त्यस्तै हो। बन्धन र हिंसामा राख्दा कमजोर देखिने उही नारी, जब बन्धन तोडेर बाहिर निस्कन्छिन्, तब संसारलाई चकित पार्ने सामर्थ्य देखाउँछिन्।
यसका उदाहरणहरू हाम्रै समाजमा प्रशस्त छन्स् नेपालकै हाकमा पनि महिला राष्ट्रपति , प्रधान्मन्त्री प्रधानन्यायधिस , सभामुख , उपसभामुख , मन्त्री , सांसद् तथा सुरक्षा निकायमा समेत उच्च तहमा रही काम गरेका थुप्रै उदाहारण पाइन्छ । यसैगरीआर्थिक क्रान्तिको नेतृत्वस् हिजोका दिनमा घरको काममा मात्र सीमित रहेका महिलाहरू आज दुर्गम जुम्ला वा मुस्ताङका विकट गाउँहरूमा स्याउ खेती, अर्गानिक कृषि वा घरेलु हस्तकला उद्योग चलाएर उद्यमी बनेका छन्। ऋण लिन बैंक जाँदा अनेक प्रश्न सोध्ने समाजका अगाडि आज उनीहरू लाखौँको कारोबार सम्हालेर परिवार र गाउँकै आर्थिक खम्बा बनेका छन्। उनीहरूले उत्पादन गरेका सामग्री काठमाडौँका मलदेखि विदेशसम्म पुग्ने गरेका छन्।
ुपुरुषको क्षेत्रु मानिने पेसामा सफलतास् ट्राफिक प्रहरी, सुरक्षा निकाय, चालक वा पर्वतारोहण जस्ता पेसाहरूमा साहसी महिलाहरूले आफ्नो क्षमताले भ्रमहरूलाई पूर्ण रूपमा तोडिदिएका छन्। सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुम्ने पासाङ ल्हामु शेर्पादेखि हालका अनेकौँ महिला पर्वतारोहीहरूले हिमाल मात्र चढेनन्, नेपालको नाम विश्वभर फैलाए। उनीहरूले प्रमाणित गरिदिएका छन् कि– ूक्षमताको कुनै लिङ्ग हुँदैन।ू
पीडालाई शक्तिमा बदल्ने दृढतास् घरेलु हिंसा वा एसिड आक्रमण जस्ता जघन्य अपराधको सिकार भएका कयौँ महिलाहरू हिजो आँसु पिएर बस्थे। तर आज, उनीहरू पीडालाई शक्तिमा बदलेर कानुनी लडाइँ लड्दैछन्। कतिपय त आफैँ संस्था खोलेर अरूलाई न्याय दिलाउने र आत्मरक्षाको तालिम दिने कार्यमा सक्रिय छन्। समाजले दिएको घाउलाई बिर्सेर समाजकै उपचारमा लाग्नु साँचो अर्थमा महान् साहस हो।
निष्कर्षस् अबको बाटो र समाजको दायित्व
साहस भनेको डर नहुनु होइन, बरु डर र चुनौतीका बाबजुद पनि अगाडि बढ्ने दृढ संकल्प हो। यी प्रेरक उदाहरणहरूले के पुष्टि गर्छन् भने, महिलालाई दया र सहानुभूति होइन, अवसर र खुला आकाश चाहिन्छ।
म ती तमाम दिदीबहिनीहरूलाई आह्वान गर्न चाहन्छु, जो आज पनि कुनै न कुनै बन्धनमा हुनुहुन्छ—तपाईं कसैको खेलौना वा कमजोर पात्र होइन। आफ्नो न्याय आफैँ गर्नुहोस् र सफलताको नयाँ इतिहास कोर्नुहोस्। जबसम्म हामी साहसी महिलाहरूको यो संघर्ष र उडानलाई सम्मान गर्दैनौँ, तबसम्म समृद्ध समाजको परिकल्पना अधुरो रहन्छ। आउनुहोस्, यी प्रेरक पाइलाहरूलाई सलाम गरौँ र उनीहरूको यात्रामा बलियो सहयात्री बनौँ। –रमेश बजगाँई, ककनी–३, असिमुरे, नुवाकोट