धुलिखेल, काठमाडौं विश्वविद्यालय (केयू) को ३१ औँ दीक्षान्त समारोह (दोस्रो चरण) बाट १५२७ विद्यार्थी दीक्षित भएका छन । समारोह शिक्षा तथा खेलकुद मन्त्री तथा सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा शुक्रबार सम्पन्न भएको थियो ।
समारोहमा बोल्दै सहकुलपति सस्मित पोखरेलले ढिलो चाँडो लक्ष्यमा पुगिने भएकाले नआत्तिन तथा नमात्तिन अनुरोध गरे । ‘म पनि यहि विश्वविद्यालयको पुर्व विद्यार्थी हुँ । चार वर्ष अघि दीक्षित हुँदै गर्दा मेरा पनि अनेकन सपनाहरु थिए । आज यहि विश्वविद्यालयको पेरीफेरीमा भएका सबै विषयहरु झल्झल्ति सम्झन्छु’–उनले भने–‘अन्य विश्वविद्यालयमा भन्दा यो विश्वविद्यालयमा आउँदा गर्व महसुस हुन्छ ।’समारोहमा भारतस्थित डेक्कन कलेज पोस्ट–ग्रेजुएट एन्ड रिसर्च इन्स्टिच्युटका कुलपति प्रा. डा. भूषण पटवर्धन प्रमुख अतिथि थिए । दीक्षान्त सम्बोधन गर्दै उनले गुणस्तरीय शिक्षाका लागि काठमाडौ विश्वविद्यालय नमूना रहेको बताए ।
रजिष्ट्रार प्रा. डा. राजीव श्रेष्ठले सञ्चालन गरेको समारोहमा उपकुलपति प्रा.डा.हृषकेश वाग्लेले विश्वविद्यालयका तर्फबाट स्वागत मन्तव्य व्यक्त गरेका थिए । दीक्षान्त समारोहमा स्कुल अफ आट्र्सका १६१, स्कुल अफ एजुकेसनका ११२, स्कुल अफ इन्जिनियरिङका ३५५, स्कुल अफ लका ४२, स्कुल अफ मेनेजमेन्टका १४६, स्कुल अफ मेडिकल साइन्सेजका ५०४ तथा स्कुल अफ साइन्सका २०७ गरी जम्मा १,५२७ जना विद्यार्थी दीक्षित भए । दीक्षित हुनेमध्ये विद्यावारिधि एजम्÷म्ः÷ःऋज तहका २१ जना,ःएजष्÷िःबकतभच दथ च्भकभबचअज तहका ९३ जना, स्नातकोत्तर तहका २७९ जना, एन्म्भ् तहका २ जना तथा स्नातक तहका १,१३२ जना छन् ।
दीक्षित विद्यार्थीमध्ये ८०० जना (५२.३९ प्रतिशत) पुरुष तथा ७२७ जना (४७.६१ प्रतिशत) महिला रहेका छन् । साथै अष्ट्रेलिया, बङ्गलादेश, चीन, भारत, श्रीलङ्का, संयुक्त अधिराज्य तथा संयुक्त राज्य अमेरिका गरी सात देशका १७९ जना विदेशी विद्यार्थी दीक्षित भए, जुन कुल दीक्षित विद्यार्थीको ११.७२ प्रतिशत हो । काठमाडौँ विश्वविद्यालयको इतिहासमै पहिलोपटक द्यबअजभयिच या त्भअजलययिनथ ष्ल ब्चतषष्अष्ब िक्ष्लतभििष्नभलअभ कार्यक्रमअन्तर्गत २६ जना, म्यअतयच ःभमष्अष्लबभ ष्ल ल्भयलबतययिनथ अन्तर्गत ३ जना तथा ःबकतभच या क्अष्भलअभ ष्ल ःभमष्अब िद्यष्यअजझष्कतचथ बलम ःयभिअगबिच द्यष्ययिनथ अन्तर्गत ४ जना विद्यार्थीलाई उपाधि प्रदान गरिएको थियो । ३१ औँ दीक्षान्त समारोहको दोस्रो चरण सम्पन्न भएसँगै काठमाडौँ विश्वविद्यालयबाट हालसम्म ५१,५६७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । तीमध्ये ६,०३९ जना विदेशी विद्यार्थी रहेका छन्, जुन कुल उत्तीर्ण विद्यार्थीको करिब १२ प्रतिशत हो । स्नातक तहमा सबैभन्दा उच्च जीपीए हासिल गरेबापत उपकुलपति स्वर्णपदक सुश्री रिश्ता श्रेष्ठलाई प्रदान गरिएको छ । उनले स्कुल अफ इन्जिनियरिङ अन्तर्गत ब्याचलर अफ इन्जिनियरिङ इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रममा ३.९९ जीपीए प्राप्त गर्दै उक्त सम्मानका लागि छनोट भएकी हुन् । त्यसैगरी, स्कुल अफ एजुकेशन अन्तर्गत दुईवर्षे स्नातकोत्तर तहमा सबैभन्दा उच्च जीपीए हासिल गरेबापत महेशनाथ पराजुली स्वर्णपदक सुश्री अन्जु कुमारीलाई प्रदान गरिएको छ । उनले मास्टर अफ एजुकेशन इन लिडरसिप एन्ड म्यानेजमेन्ट कार्यक्रममा ३.९७ जीपीए प्राप्त गर्दै उक्त सम्मान प्राप्त गरेकी हुन ।








