बनेपा, नेपाल मानव अधिकार संगठन जिल्ला शाखा काभ्रेले संगठनका उपाध्यक्ष गोविन्द घिमिरे विश्व हिन्दु महासंघ बागमती प्रदेश सदस्यमा र नेपाल परिवार नियोजन संघका नवनिर्वाचित अध्यक्ष पुनम जोशी निर्वाचित हुनुभएकोमा सम्मान गरेको छ ।
शनिबार नेपाल मानव अधिकार संगठनका केन्द्रीय अध्यक्ष इन्द्रप्रसाद अर्यालको प्रमुख आतिथ्यता र काभ्रेका अध्यक्ष राजु सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा घिमिरे, जोशी र नवराज रायमाझीलाई सम्मान गरिएको कार्यक्रमका अवसरमा नेपाल मानव अधिकार संगठन जिल्ला शाखा, काभ्रेका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । कोषाध्यक्ष कृष्णबहादुर श्रेष्ठले स्वागत मन्तव्य, सचिव गीता तिमल्सिनाले कार्यक्रम सञ्चालन गर्नुभएको कार्यक्रममा सम्मानित व्यक्तित्वहरु गोविन्द घिमिरे, पुनम जोशी, नवराज रायमाझीलगायतले मानव अधिकारका विषयमा बोल्नु भएको थियो ।








