दक्ष इन्टरनेशनलको आयोजनामा भएको अडिशनमा मिस र मिसेस दुवै विधामा दुई दर्जनभन्दा बढी प्रतिस्पर्धी सहभागी भएको आयोजकले जनाएको छ । अडिशनमा वरिष्ठ हास्यकलाकार तथा अभिनेता राजाराम पौडेल, वरिष्ठ लोकगायक बोमबहादुर कार्की, पेजेन्ट कोरियोग्राफर अश्विनी झा तथा मिसेस ब्युटिफुल नेपाल २०२५ की विजेता प्रिया कार्की निर्णायकको भूमिकामा रहनुभएको थियो ।
आयोजक समितिका अध्यक्ष तथा दक्ष इन्टरनेशनलका प्रमुख टेकराज पाण्डेका अनुसार मिस र मिसेस दुवै विधाका लागि अडिसनमा दुई दर्जनभन्दा बढी उत्साही सहभागीहरूले भाग लिएका थिए । विवाहित र अविवाहित दुवै महिलाहरू भाग लिन योग्यले र अडिसन छुटाएकाहरूले अझै पनि बानेश्वरस्थित दक्ष इन्टरनेशनलको कार्यालयमा सम्पर्क गर्न सक्नेछन । लामो समयदेखि सौन्दर्य र फेसन क्षेत्रमा सक्रिय पाण्डेले छनोट भएका सहभागीहरूले अर्को हप्तादेखि सुरु हुने एक महिनाको प्रशिक्षण कार्यक्रममा भागलिने बताए । जसको ग्रान्ड फिनाले भदौ ६ (अगस्त २२) मा राष्ट्रिय नाच घर हलमा आयोजना हुने पाण्डेले बताए । मिसेस ब्युटिफुल नेपाल २०२५ की विजेता प्रिया कार्कीले आफ्नो अनुभव सुनाउदै प्रतियोगिताले महिला सशक्तिकरणमा उल्लेखनीय योगदान
पुरायाएको बताइन । कार्यक्रम प्रबन्धक तथा सौन्दर्यविद् गिता उप्रेतीले यो प्रतियोगिता महिलाहरूका लागि आफ्नो भित्री प्रतिभा प्रदर्शन गर्ने मूल्यवान प्लेटफर्म भएको बताइन् । आयोजक पाण्डेले राम्रो सन्देशलाई बताए अनुसार मुख्य उपाधिसँगै विभिन्न उपाधि र उपहार ह्याम्परहरू प्रदान गरिने र छनोट भएका प्रतियोगीहरूले इन्द्रेणी सुइट होटलमा एक महिनाको तालिम प्राप्त गर्नेछन्, जसमा विषय विज्ञहरूद्वारा सिकाइने मिडिया कम्युनिकेसन, एम्सीइङ, सार्वजनिक भाषण, व्यक्तित्व विकास, आत्मविश्वास निर्माण र प्रेरणादायी कक्षाहरू जस्ता विषयहरू समेटिनेछन । साथै, प्रतियोगीहरूले आफ्नो प्रशिक्षणको भागको रूपमा फिटनेस सत्र, योग, स्पा उपचार, सेल्फ–मेकअप कक्षा र फेसन कक्षाहरू लगायत विभिन्न गतिविधिहरूमा भाग लिनेछन ।
ग्रान्ड फिनाले आगामी भदौ ६ गते राष्ट्रिय नाचघरमा आयोजना गरिने जनाइएको छ । अडिशनमा सहभागी हुन छुटेका इच्छुकले अझै दक्ष इन्टरनेशनलको बानेश्वरस्थित कार्यालयमा सम्पर्क गरी आवेदन दिनसक्ने पाण्डेले बताउनुभयो ।
कार्यक्रममा समाजसेवी तथा कलाकार मुना निरौला, मिलापका सम्पादक कृष्ण भुसाल र पेजेन्ट निर्देशक शान्ता के.तामाङ विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा फोटोग्राफी साझेदारमा बद्री थापा, मेकअप पार्टनरमा क्युट केयर एण्ड क्युट हब तथा ड्रेस पार्टनरमा दीना गुरुङ रहनुभएको थियो ।