बनेपा नगर ख्रीष्टियन समुदायको आयोजनामा आईतबार बनेपा–८ स्थित लायकु राजमञ्च चौरमा सम्पन्न खुला रक्तदान कार्यक्रम भव्य र उत्साहजनक रूपमा सम्पन्न भएको छ ।
“रक्तदान जीवनदान“ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा कुल ५९ जना स्वेच्छिक रक्तदाताले रक्तदान गरी मानव सेवाको अनुपम उदाहरण प्रस्तुत गरेका छन् । कार्यक्रमको संयोजन पञ्च प्रजापतिले गर्नुभएको थियो। कार्यक्रममा स्थानीय समाजसेवी, युवा, विभिन्न संघ–संस्थाका प्रतिनिधि, धार्मिक अगुवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमका अध्यक्ष राजन परियारले रक्तदान मानव जीवन बचाउने सबैभन्दा पवित्र सामाजिक कार्य भएको उल्लेख गर्दै नियमित रूपमा रक्तदान गर्न सबैमा आग्रह गर्नुभयो। उहाँले यस कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण सहयोग पु¥याउने नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा काभ्रे, सह–आयोजक संस्थाहरू, विभिन्न संघ–संस्थाहरू, सम्पूर्ण रक्तदाता तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नुभयो ।
त्यसैगरी, कार्यक्रमलाई सफल बनाउन स्वस्फूर्त रूपमा सेवा र सहयोग प्रदान गर्नुहुने बनेपा नगर ख्रीष्टियन युवा सञ्जाल, बनेपा नगर दिदीबहिनी सङ्गति, बनेपा नगर ख्रीष्टियन समुदायअन्तर्गतका सम्पूर्ण चर्चहरू, चर्चका आदरणीय पास्टरज्यूहरू तथा समुदायका समितिका सम्पूर्ण पदाधिकारीज्यूहरूको योगदान अतुलनीय रहेको उल्लेख गर्दै अध्यक्ष परियारले उहाँहरू सबैप्रति विशेष हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।
उक्त कार्यक्रम भ्त्रगष्उ ७ भ्mउयधभच ल्भउब ितथा अनुग्रह बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सह–आयोजनामा सम्पन्न भएको थियो । मानव जीवन बचाउने महान् अभियानका रूपमा सम्पन्न यस रक्तदान कार्यक्रमले समाजमा रक्तदानप्रतिको सकारात्मक सन्देश प्रवाह गर्नुका साथै आवश्यक रगतको अभाव न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन ।








