२५ , कार्तिक /बनेपा – काभ्रेमा यात्रु बस दुर्घटना हुँदा २० जना भन्दा बढी घाइते भएका छन् । काभ्रेको बनेपाबाट भकुण्डे तर्फ जाँदै गरेको बा ४ ख ३३१९ नम्वरको बस सोमबार दिउँसो नमोवुद्ध नगरपालिका वडा नम्बर २ मा पर्ने बेलामा दुर्घटना भएको हो ।

बस सडकबाट सय मिटर तल खसेको जिल्ला प्रहरी प्रमुख जयराज सापकोटाले जानकारी दिए । उनका अनुसार घाइतेको उद्दार गरी उपचारको लागि धुलिखेल अस्पताल ल्याईएको छ । घाइते मध्ये केहिको अवस्था गम्भीर छ ।