९ , कार्तिक / बनेपा – काभ्रेपलान्चोक अनलाइन मिडिया सन्जाल काभ्रेको आयोजनामा पहिलो पटक शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।शुभकामना आदान – प्रदान तथा चियापान कार्यक्रम कार्यक्रमलाई सम्बोधन गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा संचार मन्त्री गोकुल बास्कोटाले जनतालाई नै जागरुक बनाउन निरन्तर अगाडी बढाउन जोड दिनुभएको छ । उहाले पत्रकारहरु पूजाकारीताबाट पार्टीकारीता हुँदै अहिले हेडलाइनकारीता भएको बताउनुभयो । मन्त्री बास्कोटाले अनलाइन मिडियासँग दुस्मन नभएको बताउनुभयो । उहाले अनलाइन भनेको इन्टरनेट पत्रकारिता हो, अब देशमा सबै मिडिया डिजिटल हुनुपर्ने बताउनुभयो । तर अनलाइन मिडियामा समस्या भएको दाबी गर्नुभयो । कार्यक्रम मन्त्री बास्कोटाले अहिले नेपालमा ६३५ इन्टरनेट चलाऊने गरेको बताउनुभयो । उहाले करिब ४० लाख जनताले ट्वाटर् चलाऊछन भने ९० लाख जनताले फेसबुक चलाऊने कुरा बताउनुभएको छ । अब देशमा छापामाध्यम पत्रकारिताबाट रुपान्तर हुँदै अनलाइन पत्रकारिता तर्फ अगाडी बढ्ने देखीएको बताउनुभयो । मन्त्री बास्कोटाले मिडिया भनेको कहिले पनि अन्योल हुनु हुँदैन भन्ने बताउनुभयो ।उक्त कार्यक्रम प्रतिनिधिसभा सदस्य गङ्गाबहादुर दोङ, प्रदेशसभा सदस्य लक्ष्मण लम्साल, बनेपा नगरपालिकाको नगर प्रमुख लक्ष्मी बादे, चौरिदेउराली गाउँपालिकाको अध्यक्ष दिननाथ गौतम, नेपाल पत्रकार महासंघ काभ्रेको अध्यक्ष मोतिराम तिमल्सिना लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।