
बनेपा,बनेपा–७, नयाँ बसपार्कमा रहेको प्रभात बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो एघारौं बार्षिक साधारण सभा शनिवार सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष सागरनाथ कपालीको अध्यक्षतामा भएको साधारण सभामा संस्थाका कानुनी सल्लाहकार सागर बिष्ट, सञ्चार संयोजक नवराज बजगाईलगाएतले सहकारीले खेलेको भुमिकाको बारेमा बोलेका थिए । उत्कृष्ट बचत कर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट कारोबार कर्ता, क्भ्भ् मा उत्कृष्ट अंक ल्याउने बाल सदस्यलगाएतलाई सम्मान गरिएको कार्यक्रममा संस्थाका सदस्य रहेर जेष्ठ सदस्य भ्रमणमा सहभागी रहेका सम्पूर्ण जेष्ठ सदस्यलाई उहाँहरुको फोटो सहितको फ्रेम प्रदान गरिएको थियो ।
संस्थाका सल्लाहकार बिकास श्रेष्ठको सञ्चालन र उपाध्यक्ष फिरोज शाक्यले स्वागत गरेको कार्यक्रममा सचिव सुमन चौ प्रधानले सचिवको बार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष बलराम मानन्धरले आर्थिक प्रतिवेदन र लेखा संपरिवेक्षण समितिका संयोजक भरत दाहालले लेखा संपरिवेक्षण समितिको प्रतिवेदन पेश गरेका थिए । संस्थामा ८ सय २५ जना शेयर सदस्य र ४१ लाख ५४ हजार शेयर पूँजी रहेको छ ।







