
हास्य ब्यङ्गको महोत्सब गाईजात्रा सास्कृतिक सँस्थान राष्ट्रिय नाचघरले आयोजना गर्ने भएको छ । साउन ३१ आज र ३२ गते भोली हुने गाईजात्रा मा नेपालका ख्यातीप्राप्त हाँस्यकलाकारहरु प्रभाकरदेब शर्मा, दमन रुपाखेती, बिष्णु सापकोटा हर्के हल्दार, पल्पसा डँगोल चम्सुरी, राजन थापा, घनश्याम गौतम (नक्कली प्रचण्ड) सुरेश तिमल्सिना ( नक्कली ओली), मन्जु श्रेष्ठ, सन्तोष खनाल, रेशम फिरिरि, पुष्पराज अवस्थी , शुसिला निरौला बिम्ली, दिलिप तामाङ, शुबि साहि, शशी थापा,बिपिन घिमिरे र लक्ष्मण गाम्नागेको बेजोड प्रस्तुति रहनेछ । प्रहशन, प्यारोडी, नृत्य, कमेडी डान्स कबिता लगायतका प्रस्तुति हुने गाईजात्रा महोत्सबमा प्रभाकर देब शर्मा , दमन रुपाखेती र घनश्याम गौतम प्रचण्ड ओली टिमको प्रहशन हुने छ भने सुबि शाहिको नृत्य रेशम फिरिरिको कमेडी डान्स, लक्ष्मण गाम्नागेको ब्यङ्ग कबिता र सन्तोष खनालको उद्घोषण रहने छ । करिब २ घन्टाको गाइजात्रे प्रस्तुतिमा दमन रुपाखेती र दिलिप तामाङ को कट्टु ब्यापार घनश्याम गौतम नक्कली प्रचण्ड र सुरेश तिमल्सिना नक्कली ओलीको खभाले जुधाई नामक प्रहशन देख्न पाइने छ । अन्य कलाकारहरु पनि प्रस्तुतिको तयारीमा जुटिरहेका छन ।







