बनेपा,आईतवार देखी बनेपामा आदर्श लघुुवित्त वित्तीय संस्थाले आफ्नो सेवा शुरु गरेको छ । महिला आर्दश सेवा केन्द्र वानेश्वर, काठमाडौंले नेपाल राष्ट्र बैंकबाट लघुवित्त कारोबार गर्न इजाजत प्राप्त गरी २०५९ देखि सफलता पुर्वक लघुवित्त कार्यक्रम संचमला गरिरहेकोमा २०७५ साल पौष देखि उक्त केन्द्रको लघुवित्त सम्बन्धी सम्पूर्ण कारोबार, सम्पत्ति तथा दायित्व हस्तान्तरण भई आदर्श लघुुवित्त वित्तीय संस्थाले प्राप्त गर संगै सेवा शुरु गरेको हो ।
आईतवार बनेपामा केन्द्रिय कार्यालयको नेपाल राष्ट्र बैकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले उद्घाटन गरेका हुन । अध्यक्ष सुर्यकुमारी श्रेष्ठको अध्यक्षतामा र संचालकहरु महेश प्रसाद तिमिल्सिना, निलीमा काफ्ले,चन्द्रकला श्रेष्ठ मास्के,डा.शिवप्रसाद शर्मा,माधव प्रसाद उपाध्याय,प्रमुख.कायृकारी अधिकृत राजेश शर्मालगाएतको उपस्थितिमा भएको कार्यक्रममा दिइएको जानकारी अनुसार उक्त संस्था कम्पनी ऐन, २०६३ बमोजिम सम्बत् २०७५ जेष्ठ ९ गते नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भै सम्बत् २०७५ कार्तिक २५ गते नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको वित्तीय संस्थाको रुपमा वित्तीय कारोबार गर्न इजाजत प्राप्त गरेको प्रदेश नं.३ कार्यक्षेत्र भएको यस आर्दश लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वीकृत कार्यक्षेत्र भित्र लघुवित्तीय पँहुच नपुगेको वा कम पँहुच रहेको क्षेत्रका गरिब तथा विपन्नवर्गको घर आँगनमा लघुवित्त बैंकिङ्ग सेवा दिई उनीहरुको आर्थिक, सामाजिक सम्वृद्धिमा महत्वपुर्ण योगदान पु¥याउने मुख्य उद्धेश्य लिएको छ । संस्थाको अधिकृत पूँजी रु.४,००,००,००० (४करोड), जारी पँुजी रु.२,००,००,०००(२ करोड) र चुक्ता पूँजी हाल रु.१,४०,००,००० (१करोड ४० लाख) रहेको छ । वित्तीय संस्थाले जारी गरेको पँुजी मध्ये सर्वसाधरणलाई छुट्याईएको ३० प्रतिशत शेयर निष्काशन गरे पश्चात उक्त वित्तीय संस्थाको चुक्ता पूँजी रु.२,००,००,००० (२ करोड) हुनेछ । स्थानीय स्रोत,साधन,सीप,श्रम र पँुजीको परिचालन द्धारा सामाजिक तथा आर्थिक रुपले विपन्न वर्गहरुका लागि आयमुलक व्यवसाय संचालन गर्न आवश्यक पर्ने लघुवित्तीय सेवा उपलब्ध गराई आय स्तरमा वृद्धि ल्याउने उद्देश्यले काम गरिआएको यस वित्तीय संस्थाको स्वीकृत कार्यक्षेत्र मध्ये हाल काठमाडांै र भक्तपुर गरी २ जिल्लामा कार्यक्रम विस्तार भएको छ । २०७६ बैशाख मसान्त सम्ममा यस लघुवित्त वित्तीय संस्थाको कुल ग्राहक सदस्य ४१०३ र विपन्न वर्गमा प्रवाहित भई लगानीमा रहेका कर्जा रु.९ करोड ५१ लाख ९४ हजार रहेको छ । भने बचत परिचालनमा रु.८ करोड ३१ लाख ६८ हजार रहेको छ ।







