
बनेपा,भुकम्प पीडितले भूकम्प गएको चार बर्ष सम्म पनि लाभग्राहीमा नाम नआएको गुनासो गरेका छन ।
राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्र्तगत जिल्ला आयोजना कार्यान्वयन इकाईको समन्वयमा पत्रकार महासंघ काभे्र शाखाले जिल्लाको बेथानचोक गाउँपालिका ढुर्खकमा हिजो गरेको कार्यक्रममा बेथानचोक गाउँपालिका १ की गौरी सापकोटाले घर निर्माण सकेको भएपनि अझै लाभग्राहीमा नाम नआएको् गुनासो गरे । त्यस्तै बेथानचा्ेक गाउँपालिका ६ का ज्ञानबहादुर तामाङले पटक पटक गुनासो भरेको भएपनि अझै लाभग्राहीमा नाम नआएपछि छाप्रो मै बस्दै आएको बताए । कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन इकाई काभे्रका सामाजिक विकास विज्ञ विदुर तिमल्सिनाले भुकम्प पीडितहरुले गलत विवरण नदिन अनुरोध गर्दै रेट्रोफिटिङ्गमा ध्यान दिन, पुराना चर्किएका घरहरुमा नबस्न, नयाँ घरहरुको प्रयोग गर्न अनुरोध गरे । बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले लाभग्राहीमा नाम छुटेकाले तत्काल पाउनुपर्ने बताए । पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिनाले आवास निर्माणलाई छिटो सकियोस भन्नका लागि पुननिर्माण प्राधिकरणसँग मिलेर पत्रकार महासंघले काम गरिरहेको बताए । कार्यक्रममा बेथानचोक गाउँपालिका वडा न १ का अध्यक्ष सोमनाथ घिमिरे, वडा न २ का अध्यक्ष भगवान घिमिरे, वडा न ३ का अध्यक्ष दिलबहादुर श्रेष्ठ, वडा न ४ का अध्यक्ष लालबहादुर श्रेष्ठ, वडा न ५ का अध्यक्ष खजान्ची लामा र वडा न ६ का अध्यक्ष विष्णु लामाले भूकम्पपीडितका समस्याहरु राखेका थिए । त्यस्तै पत्रकार महासंघ काभ्रे शाखाले राष्ट्रिय पुर्निनर्माण प्राधिकरण काभ्रेको सहयोगमा शुक्रबार कात्तिकेदेउरलीमा आयोजना गरेको सार्वजनिक सुनुवाईमा भुकम्प पीडित र जनप्रतिनिधिहरुले तत्काल समस्या समाधानमा ध्यान दिन आग्रह गरेका थिए ।बाँकि पृष्ठ ४ मा …….
चौरीदेउराली गाउँपालिका वडा नम्वर ६ कात्तिकेदउरालीमा आयोजित सार्वजनिक सुनुवाईमा सहभागि भुकम्प पीडितहरुले सर्भेक्षण गर्दा पुर्वाग्रहि हिसावले नाम छुटाएको बताए । तेश्रो पटक गुनासो सुनुवाईको फाराम भर्दा समेत लाभग्राहि सूचीमा नाम नपरेको भन्दै अन्तिम पटकको गुनासो भर्दा लाभग्राहि सूचीमा नछुटाउन साविक कात्तिकेदउराली गाउँ विकास समितिका पुर्व अध्यक्ष समेत रहेका नन्दिकेशर गौतमले बताए । मापदण्ड भित्र नपरेका ब्यक्तिहरुले अनुदान लिएका कारण बास्तविक पीडित छुटेको उपाध्यक्ष तारादेवी चौलागाईले बताईन् । वडा नम्वर ६ का वडा अध्यक्ष रेशम चौलागाईले वडा कार्यालयमा नयाँ नागरिकता बनाएरै भए पनि एकाघरकै ५ जना भन्दा धेरैले भुकम्पको अनुदान लिएको बताए । कार्यक्रममा वडा अध्यक्ष राजकुमार गौतम, विरबल लामा लगायतले भुकम्प पीडितहरुका गुनासालाई सम्बोधन गर्ने गरी राष्ट्रिय पुर्निनर्माण प्राधिकरणले काम गर्न सुझाव दिए । स्थानीयहरुले नागरिकका गुनासा सम्बोधन गर्न र पीडितहरुलाई झनै पीडित नबनाउन आग्रह गरेका थिए । गुनासाका बारेमा सम्बोधन गर्दै जिल्ला आयोजना कार्यान्वयन ईकाईका प्रमुख लोकनाथ रेग्मीले भुकम्प पीडितहरुको मापदण्ड भित्र परेका कोहि पनि भुकम्प पीडित अन्तिम पटककको सर्भेक्षणमा नछुट्ने बताए । अन्यत्र घर भएर पनि अनुदान लिने ब्यक्तिहरुलाई तत्काल रकम फिर्ता गर्न र अरुले लिएकै आधारमा पुनः फाराम नभर्न रेग्मीले सर्वसाधारणलाई अनुरोध गरे । कार्यक्रममा सामाजिक विकास विज्ञ विदुर तिमल्सिनाले भुकम्प पीडितहरुले गलत विवरण नदिन अनुरोध गर्दै रेट्रोफिटिङ्गमा ध्यान दिन, पुराना चर्किएका घरहरुमा नबस्न, नयाँ घरहरुको प्रयोग गर्न अनुरोध गरे । पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनाले नागरिकका हक अधिकारको वकालत गर्न र पीडितहरुको पीडा सरोकारवाला निकाय समक्ष पु¥याउन महासंघले जिल्लाका विभिन्न स्थानमा सार्वजनिक सुनुवाई र अन्तर्रिक्रया कार्यक्रम आयोजना गरिएको बताए ।







