भकुण्डे, नमोबुद्ध नगरपालिकाले जनप्रतिनिधीको दुई वर्ष तथा पदबहाली दिवस शुक्रवार प्रतिनिधी सभाका सांसद गंगाबहादुर दोङको प्रमुख अतिथ्यतामा सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै दोङले जनतामा पहिला चेतनाको विकास र सुशासन विकास गरेर मात्र भौतिक विकास गर्न लाग्नु पर्ने बताए ।
निर्वाचनका समयमा तिनै तहका जनप्रतिनिधीहरुले प्रतिबद्धता बाडे अनुसार तिनै तहका सरकारहरु मिली विकास लगाएत जनताका आबश्यकताहरु पुरा गर्नु पर्ने बताए । दोङले बिरालो कालो होस वा सेतो तर मुसा मार्नु पर्छ, त्यसको उदारण दिदै विकासमा तिनवटा सरकारमा जसले गरे पनि विना अबरोध काम हुनु पर्ने बताए । कार्यक्रममा दोङले विपक्षी पाटिलाई लक्षीत गर्दै विकासमा अबरोध गरीरहेकाले त्यस्ता ब्यक्तिहरुलाई कानुन अनुसार कार्वाहि गरिने समेत बताए । योजना पार्नु ठुलो कुरा होईन तर कार्वान्नयन गर्न चुनौती रहेकाले तिनै तह मिलि सम्पन्न गरेर जनतालाई बाडेका आश्वसान पुरा गर्नु पर्ने बताएका थिए । कार्यक्रममा प्रदेश सांसद चन्द्र लामा, रत्न ढकालले नगरले प्रदेश,संघ र नगरपालिकाले कुनकुन योजना सञ्चालन गर्ने हो पञ्चबर्सिय योजना बनाई अगाडी बढ्नु पर्ने बताए । कार्यक्रममा नगरपालिकका नगर प्रमुख टि पि शर्मा ले नगरले दुई बर्षमा धेरै कामहरु गरेको बताए । पहिलो वर्ष शुरुवाति बर्ष भएकाले कानुन निमार्ण लगाएत महत्वपुर्ण काम भएको र दोस्रो बर्षमा सबै विकासका जग हालेकाले केहीको परिणाम आईसकेको र केही चरणमा रहेको बताए, नगरलाई एक वडा एक पोखरी, १४ वटा पुरातात्विक चौताराहरुको पुननिमार्ण, बाताबरण मैत्री नगर स्थापना, खुल्ला दिशामुक्त नगर घोषणा,एक वडा एक नर्सरी, नगर भित्रका सार्वजानीक जग्गाहरु संरक्षण, विपद कोष ब्यबस्थापन, ३ वटा सार्वजानीक शौचालय निमार्ण, नगर भित्रका सञ्चालीत ईट्टा उधोग ब्यबस्थापन गरी असार मासान्त बाट सबै ईट्टा उद्योग हालको स्थान बाट बन्द गरिने लगाएत रहेको बताए । त्यसै गरी नगरपालिकाको २ नं वडामा स्टाफ कलेज निमार्णका लागि गुरुयोजना कार्य शुरु गरिएको, नगरपालिकको लोगो तथा नगरगान तयार गरी कार्यन्नयनमा ल्याएको, प्रदेश स्तरिय कवर्ड हल निमार्णका लागी सर्बे लगाएत थुपै कामहरु सम्पन्न भएको र आगामी आर्थिक वर्षका लागी जनताका गुनासा, सुझाब लिन जनताको घरदैलौमा नै पुगी संकलन गरको समेत बताए । कार्यक्रममा नगरपालिकका प्रमुख प्रशाशकिय अधिकृत भोला चापागाईले नगरमा कर्मचारीको अभाब, तिनै तहका सरकारको कानुन अभाव हुदाँहुदै पनि नगरपालिकाले धेरै काम गर्न सकिएको बताएका थिए । कार्यक्रम सञ्चालन प्रशासन प्रमुख मदनकुमार बजगाईले गरेका थिए ।