
बनेपा,“सबै श्रमिक र रोजगारदातालाई आव्हान सामाजिक सुरक्षामा सुचिकरण हाम्रो अभियान”भन्ने मुल नाराका साथ १३० औँ मे. डे २०१९(२०७६ बैशाख १८ गते) बनेपामा भव्य रुपमा मनाइएको छ ।
मे दिवसको अवसर पारी काभ्रे जिल्ला जिफन्टले काभ्रेले बनेपामा बृहत्त ¥याली र सभा आयोजना गरेर मे. डे मनाएको हो । बृहत्त ¥यालीले बनेपा बजार परिक्रममा पछि आयोनित सभा आयोजक समिति संयोजक बलबहदुर लो को अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा श्रमिकहरुले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयनको माग गरेका थिए । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बाल्दै प्रमुख अतिथि केसीले मजदुरहरुको पञ्जिकरण गर्न र हक हितका लागि संगठन र संगठित भई कृयाशिल हुनु पर्ने बताए । धुलिखेल नगरपालिका प्रमुख अशोक व्याञ्जुले मजदुरहरुले उठाउँदै आएका विषय तथा मागहरुलाई कार्यान्वयन गर्ने समय भएकाले अवसरलाई सदुपयोग गर्न आग्रह गरे । श्रम शक्ति कमजोर बनाउन नहुने बताउदै अध्यक्ष व्यञ्जुले श्रमिकको क्षमता सँगै चेतनास्तर बढाउन अनुरोध गरे । बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिँ बादेले मजदुरहरु सक्रिय भई हक हितको संरक्षण गर्नु पर्ने बताए । जिफन्टका केन्द्रिय सचीव निशा बाँनियाले थुप्रै ऐन कानुन मजदुर मैत्री भए पनि व्यवहार त मजदुरहरुका समस्या समाधान हुन नसकेको वताईन । कार्यक्रममा प्रदेश नम्वर ३ का सदस्य मिङमार गोपाल शेर्पा, नेकपा काभ्रेका मजदुर इन्चार्ज केशवमणी पौड्याल, बनेपा नगरपालिका कार्यपालिका सदस्य अम्बिका प्रजापति, बनेपा इन्चार्ज कृष्णमान मानन्धर, पनौती संयोजक बिदुर खत्री,मण्डनदेउपुर संयोजक हरि भण्डारी लगाएतले मजदुरहरुका पक्षमा निर्माण भएका कानुनहरु कार्यान्वयनमा जोड दिएका थिए । कार्यक्रममा जिल्ला भरका मजदुरहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।








