काभ्रेपलान्चोक – मानिसले आफूलाई ब्यक्त गर्न प्रस्तुतीका अनेक माध्यम रोज्न सक्छ । ऊ साहित्य लेखनलाई माध्यम बनाउन सक्छ, कुचीले क्यानमासमा मनका आफूलाई प्रस्तुत गर्न सक्छ नृत्यका अनेक भावमा ब्यक्त हुन सक्छ भनि अभिनयका रुपमा पोखिन सक्छ । यी सबै कलाका भेदहरु हुन् । श्रब्य र दृश्य दुबै माध्यमबाट दर्शकका मनमा प्रवेश गर्ने अभिनय कला वर्तमान समयमा नयाँ पुस्तालाई आकर्षित गर्न सफल रहेको छ ।

वर्तमान समयमा मनोरञ्जनको प्रमुख माध्यमका रुपमा देखा परेको अभिनय कलालाई फैलाउन सामाजिक सञ्जाल र हात हातमा रहेका इन्टरनेट सेवाको ठूलो भूमिका सब छैन । चोहमा चुट्युब वा अन्य सामाजिक सञ्जालमा पोस्ट गरेर आफ्नो क्षमता प्रदर्शन गर्न सकिन्छ । यसले कलाकारितालाई विशाल संसार सामू पस्किन सकिन्छ । दर्शकले रुचाएका रातारात भाइरल भई ख्याती कमाउन र सेलिब्रेटी हुन सकिन्छ ।

टिक टक होस् वा इन्स्टाग्राम वा यूटुबमा बनाएर राखिएका वेश सिरिज सबै माध्यमबाट पस्किएका राम्रा सामग्रीका दर्शकहरु मनग्य रहेका छन् । यसर्थ अभिनय कलालाई आजका सामाजिक सञ्जाल अर्थात सामेल मिडियाले ६ दर्शकसामू पुग्न महत्वपूर्ण योगदान दिएका छन् ,।
यो सामाजिक सञ्जालले आफूमा रहेका कलालाई फस्कन मद्दत मात्र पारेको छैन निखार्न मदद्त पनि गरेको छ ।

लाइक र कमेन्टबाट हौसला र सुधार्नु पर्ने कोण पनि औल्याएको पाइन्छ । तर सामाजिक सञ्जालले अभिनय कलालाई अलिनहोस् नपु¥याएमा उद्योगतिमा पनि लान सक्छ । किनकी लाइक र कमेन्टले वास्तविक बस्तु स्थितीको प्रतिनिधित्व नगर्न सक्छ । सस्ता कुरालाई वाह वाह गर्ने भीड पनि यसै समाजमा रहेका हुन्छन् र। त्यस्तै बाहवाही बहटुल्न सस्तो सामग्री सामाजिक सञ्जालमा हाल्नेको पनि देख्न सकिन्छ ।

यसरी हेर्दा कलाकारिता क्षेत्रलाई संसारमा र पु¥याउन सामाजिक सञ्जालले महत्वपूर्ण भूमिका खेले पनि कला बाँच्ने आफ्नो गहन प्रस्तुतीले हो । अतः कलाकार आफैले यस्ता कुरालाई मनन गर्नु पर्ने हुन्छ ।

सिरोज दाहाल
कलाकार
बनेपा