नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७० औँ दिवस मनाईँदै

काठमाडौँ- – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ७० औं पार्टी स्थापना दिवस मनाउने भएको छ । नेकपाले आज प्रज्ञाभवन कमलादीमा  पार्टीको स्थापना दिवस मनाउन लागिएको हो ।

नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७० वर्ष भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कम्युनिष्ट पार्टी स्थापनाको दिवस पारेर आज विशेष कार्यक्रम गर्दैछ ।

दिवसलाई उसले भव्य रुपमा मनाउने तयारी गरेको जनाएको छ । कमलादीमा हुने विशेष कार्यक्रममा शीर्ष नेताहरुले सम्बोधन गर्ने तय भएको छ ।

७० वर्षअघि अर्थात सन् १९४९ को अप्रिल २२ मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो ।

प्रकाशित मिति : २०७६ बैशाख ९ गते सोमवार
प्रतिक्रिया