४ , बैशाख / बनेपा – काभ्रेको दोलालघाट भुम्लु बृहत् पर्यटन मेला २०७६ ,दोलालघाट महोत्सव ३ मा काभ्रेका लोक गायक बिक्रम गौतम र कमेडिएन भगवान खत्रीले तहल्का मच्चाएका छन । कलाकारले आफ्नो प्रस्तुति दिदा महोत्सव हेर्न गएका दर्शकहरुले कराउँदै वानस मोर भनेर हल्ला मच्चाएका थिए ।
पछिल्लो समयमा लोक गायक बिक्रम गौतम र कमेडिएन भगवान खत्री दर्शक श्रोताहरुको लोकप्रिय बन्दै गएका छ्न । कार्यक्रममा अरु स्थानीय कलाकारले पनि आफ्नो आफ्नो प्रस्तुति दिएका थिए । स्थानिय कला सँस्कृति तथा पर्यटन प्रबद्र्धन केन्द्रित महोत्सव मेला भएको थियोे ।
महोत्सव मुख्यत कृषि,व्यापार एवम् आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनमा सघाउ पुर्याउने उद्धेश्यले महोत्सव संचालन गरेका थिए ।







